Shikhar Insurance

मेगा बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छुट

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३१, बिहीबार १३:३६
NIMB
Nabil Bank

काठमाडौं । मेगा बैंक नेपालका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने सहमति भएको छ । मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउनेछन् । आईसीयू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । यसैगरी, मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शुल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परिक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मेगा बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर यस अघि पनि काठमाडौं उपत्यका लगायत देशका विभिन्न अस्पतालसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्