Shikhar Insurance

बेस्ट फाइनान्सको २४ औं वार्षिक साधारण सभा सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३१, बिहीबार १३:४४
NIMB
Nabil Bank

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले भदौ ३० गते फाइनान्सको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो । फाइनान्सको सम्पन्न साधारण सभाले आव २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा एक्विजिसन गर्ने कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको जनाइएको छ ।

फाइनान्सको यस साधारण सभाबाट संस्थापक शेयरधनी तर्फको संचालकमा लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण सेयरधनी तर्फको संचालकमा राम श्रेष्ठ र खिमलाल पौड्याल नियुक्त भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कमलादी काठमाडौंमा केन्द्रीय कार्यालय रहेको फाइनान्स कम्पनीको चुक्ता पुँजी ८२.८९ करोड रुपैयाँ छ । हाल फाइनान्स कम्पनीले १४ वटा शाखाबाट आफ्ना ग्राहक महानुभावलाई आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्