Shikhar Insurance

क्याप्टेन विजय लामाको अभिनयमा ‘नेपाल आमा’ सार्वजनिक

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३१, बिहीबार १८:००
NIMB
Nabil Bank

काठमाडौं । वरिष्ठ गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ । गीतमा सङ्गीत र स्वर कन्काइस्ट राईको रहेको छ ।

भिडियोमा वरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको छ । अभिनेता लामालाई करिब एक दर्जन भन्दा बढी कलाकारले साथ दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सहास शाक्यको सङ्गीत संयोजन रहेको यस गीतमा करण चौरसीयाको छायाङ्कन रहेको छ । भिडियो सम्पादन भने मनोज कार्कीले गरेका छन् । त्यस्तै यो भिडियोको निर्देशन भने प्रदीप हमालले गरेका हुन् ।

देशप्रति असिम प्रभाव र सीमाको रक्षाका लागि सहास र बलिदानको भाव भूमिमा रचिएको नेपाल आमा साँच्चीकै उच्च कोटीको राष्ट्रिय गीत भएको बताइएको छ । देशको पछिल्लो अवस्थाका कारण यो गीतले निकै नै दर्शकको माया पाउने विश्वास गरिएको छ ।

गीतकार तामाङको यसअघि नजिक भएर पनि, तिमीलाई माया गर्छु, आमा, जीवनसाथी, माया गरेर हेर, मै खुकुरी अघिसरी सहित आधुनिक, राष्ट्रिय र सेलो गरी ४ सय ५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन् ।

नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भए पनि अर्को हातमा कलम बोकेर सिर्जना गरिरहेका छन् ।

चन्द्र सूर्य अङ्कित निशान
मेरो देशको ज्युँदो पहिचान‘

गीतको हरफमा भनेजस्तै साँच्चिकै देशको मायालाई उजागर गरेको छ । गीतमा देशको माया र स्नेह हिमाल, पहाड र तराई जहाँको व्यक्तिलाई पनि सम्मान हुने कुरा प्रस्तुत गरिएको छ । जुनसुकै ठाउँमा गएको भए पनि आफ्नो देशको मायालाई कसैले पनि भुल्न नसक्ने प्रष्ट्याइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्