Shikhar Insurance

कमेडी सो सेलिब्रेटि ज्यामअप सुरु

सिंहदरबार संवाददाता
२०७८ आश्विन १, शुक्रबार २१:२०
NIMB
Nabil Bank

काठमाडौं । मनोरञ्जनात्मक कार्यक्रम ‘सेलिबे्रटी ज्याम अप’ प्रसारण सुरु भएको छ । अन्य कार्यक्रममा देखिरहेको भन्दा फरक प्रस्तुति दिँदै कार्यक्रम सुरु भएको हो ।

युट्युब च्यानल एमपी इन्टरटेनमेन्ट मार्फत बुधबार बेलुका ७ः०० बजे कार्यक्रम प्रसारण भएको हो । बेलुकीको समयमा थकानहरुलाई बिर्साउँदै, हाँस्दै, खाँदै, नाँच्दै रमाइलो गर्ने कार्यक्रममा चर्चित व्यक्तित्वहरुसँग मिठो भलाकुसारी गरिनेछ भने दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सेलिब्रिटी ज्यामअप पृथक स्वादको हाँस्ने, हँसाउने कार्यक्रम रहेको निर्देशक राजु पुडासैनीले बताए । यो कमेडी सोमा चलेका कलाकार, फिल्मस्टार, साहित्यकार, खेलाडी, चर्चित व्यक्तित्व, कमेडियन, समाजसेवीहरुको जीवनका रमाइलो पाटा खोतल्दै, उनीहरुको जीवनको रमाइलो पक्षलाई हाँस्य रसमा प्रस्तुत गर्ने उद्देश्य लिइएको छ ।

कार्यक्रमकी प्रस्तोता रितिका खरेल छिन् भने कलाकारहरुमा कुमार मनि गजुरेल, रुकमिला अधिकारीले रोस्टिङ गर्नेछन् । साथमा लाइभ संगितको प्रस्तुती रहनेछ, संगीत संयोजन अनोज चित्रकार, विवेक थापा र सागर तामाङले गरेका छन् । अडियन्सको उपस्थितिमा कार्यक्रमको प्रस्तुति रहनेछ ।

कार्यक्रमका छायांकनमा सुशिल बास्कोटा, रोसन थापा, निलकमल मोक्तानले गरेका छन् भने दृश्य सम्पादन विष्णु काप्लेको छ । साउन्ड र लाइटमा ओम साउड सिस्टमले हेरेको छ । कार्यक्रमलाई माता पार्वति इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्