Shikhar Insurance

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको अनुरोध, अफगानिस्तानमा सबै चिजहरु चाहिएको छ

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३, आईतवार १८:०४
NIMB
Nabil Bank

एजेन्सी । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रही रहन आग्रह गरेको हो ।

हाल इस्लामावादको भ्रमणमा रहेका  शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयुक्त फिलियो ग्रान्डीले अफगानिस्तानमा मानवीय सहायताको खाँचो रहेको बताए  । उनले भने –हामी पनि अफगानिस्तानमा मानवीय सहायताको कामका लागि अहिले संलग्न भइरहेका छौँ र अरु पनि विश्व समुदाय यहाँको अवस्थाको बारेमा जानकार रहने र आवश्यक सहयोगका लागि लाग्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल अफगानिस्तानको अन्तरिक प्रशासनसँग संलग्न भएर आफूहरुले काम गरेको धारणा उनले राखे  । उनले अफगानिस्तानमा अहिले पनि ठूलो संख्याका महिला तथा बालबालिकाका लागि सहायताको खाँचो परेको बताए ।

यसका लागि विश्व समुदाय चनाखो नहुने हो भने यहाँको अवस्था झन् बिग्रँदै जाने पनि उनले बताए । अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो छ, यहाँका नागरिकलाई खाना, औषधि, बास तथा अन्य सबै चिजहरु चाहिएको छ उनले  भने ।

उनका  अनुसार यहाँको आर्थिक अवस्था झन् नाजुक भएको पनि उनले बताए  । यहाँ आर्थिक संकट आइसकेको जानकारी उनले दिए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्