Shikhar Insurance

माधव नेपालको पार्टी सरकारमा जाने, को-को बन्दैछन् मन्त्री ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन ४, सोमबार ०९:२६
NIMB
Nabil Bank

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नव गठित नेकपा(एकिकृत समाजवादी) पार्टी तत्कालै सरकारमा जाने भएको छ । नेपाल नेतृत्वको पार्टी आधा दर्जन मन्त्रालय सम्हाल्ने गरि सरकारमा सहभागी हुने लागेको हो । ‘हामी यसै हप्ता सरकारमा जाँदैछौं, देश र जनताको मन जित्ने गरि काम गर्नेछौं’, पार्टी अध्यक्ष नेपालले पोखरा पुगेर भने ।

श्रोतका अनुसार अध्यक्ष नेपालले पार्टीका तर्फबाट सरकारमा मन्त्री पठाउन मापदण्ड बनाएका छन् । सोही मापदण्ड अनुसार भौगोलिक, जातिय र लैंगिक सहभागीता सुनिश्चित हुने गरि सरकारमा मन्त्रीहरु पठाउनेछन् । मन्त्रीहरुका लागि छुट्टै आचार संहिता समेत तयार पारिएको छ ।
सांसदहरु बिरोध खतिवडा, कल्याणी खड्का, मेटमणी चौधरी, प्रेम आले, किसान श्रेष्ठ, भवानी खापुङ , रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी लगायतमध्येबाट मन्त्री हुने सम्भावना रहेको छ । नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीले ६ वटा मन्त्रालय दावी गरेको छ र गठबन्धनमा त्यसबारे मोटामोटी समझजदारी पनि भैसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

भौतिक पूर्वाधार तथा याताया मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतका मन्त्रालयहरु आफ्नो पार्टीले पाउनुपर्ने अध्यक्ष नेपालले बताउँदै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्