Shikhar Insurance

“युवासँग महालक्ष्मी लाईफ” राष्ट्रिय अभियान सुरू, युवाले पाउनेछन् यस्तो लाभ

सिंहदरबार संवाददाता
२०७८ आश्विन ४, सोमबार १२:३६
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले “युवासँग महालक्ष्मी लाईफ” भन्ने बीमा जागरण राष्ट्रिय अभियानको सुरू गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्ने कार्यक्रम प्रारम्भ गरेको हो ।

दुईदिने राष्ट्रिय सम्मेलनबाट दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो । सम्मेलनमा मेचीदेखि महाकालीसम्मका ९० भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीको उपस्थिति थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

“काम गरी आय आर्जन गरौं – बीमा गरी सुरक्षित बनौं” भन्ने मूल नारालाई लिएर बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम मार्फत युवा माझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रुपमा सक्रिय पार्ने लक्ष्य रहेको छ ।

मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको ग्यारेन्टि सरकारले गर्न सकिरहेको छैन । अर्कोतिर देशमा स्वरोजगारीका प्रसस्त अवसर हुँदा पनि युवा वर्ग कामको खोजीमा विदेश पलायन भइरहेका छन । यस्तो विषम परिस्थितिमा उपलब्ध कामको अवसर र बीमाको महत्व बारेमा युवाहरुलाई जानकारी गराउने र उनीहरु मार्फत समाजमा बीमा प्रति जागरण ल्याउने गरी सम्मेलनले कार्यक्रम तर्जुमा गरेको छ ।

बीमा जागरण राष्ट्रिय अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा देश भरीका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रिय कमिटि गठन गरिएको छ ।

जिल्ला स्तरमा पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्तालाई समावेश गरी २०७८ पुसमसान्त भित्र जिल्ला जागरण अभियान समिति गठन गरिने कार्यक्रम रहेको छ । आ.व. २०७८/०७९ भित्र यो कार्यक्रम संचालन गर्न महालक्ष्मी लाईफ इन्स्योरेन्सको संचालक समितिले २० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्