Shikhar Insurance

अर्थमन्त्रालयले भन्योः कालोधनलाई सेतो बनाउने भनेका छैनौं

सिंहदरबार संवाददाता
२०७८ आश्विन ४, सोमबार २१:०६
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्रालयले बजेट मार्फत कालोधनलाई सेतो बनाउने नभनेको स्पष्ट पारेको छ । सरकारले आर्थिक विधेयक, २०७८ मा आयकर ऐन, २०५८ को दफा ११(ग) थप गरि राष्ट्रिय महत्वका पूर्वाधार विकास परियोजना तथा उद्योगमा सम्वत २०८० चैत मसान्तसम्म गरेको लगानीको आयश्रोत खोजिने छैन भन्ने व्यवस्था गरेको थियो ।

सो व्यवस्था मार्फत सरकारले कालोधनलाई सेतो धन बनाउन लागेको आरोप लागेपछि अर्थमन्त्रालयले आफ्नो धारणा स्पष्ट पारेको हो ।
मन्त्रालयले सम्पति सुद्धिकरण, आतंकवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कसुरजन्य कार्यबाट गरिएको आम्दानीहरुमाथि कानुन बमोजिम कारवाही हुने र त्यस्तो आम्दानीमा छुट समेत नदिईएको दावी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्रालयले त्यस्तो क्रियाकलापबाट प्राप्त आम्दानीमा छुट नदिने र कानुन अनुसार कारवाही गर्ने प्रतिवद्धताबाट पछि नहट्ने पनि बताएको हो ।
सरकार अपराधजन्य क्रियाकलापबाट प्राप्त प्राप्त सम्पति सुद्धिकरण तता आतंकवादी क्रियाकलापमा वित्तिय लगानी गर्ने कार्य निवारण गर्न एंव भ्रष्टाचार नियन्त्रण सम्बन्धी राष्ट्रिय कानुन तथा अन्तराष्ट्रिय प्रतिवद्धताहरुको कार्यान्वयनमा समेत प्रतिवद्ध रहेको बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्