Shikhar Insurance

अर्थमन्त्रीको प्रश्नः मन्त्रीले बोलेर सेयर बजार घट्ने/बढ्ने हो र ? 

सिंहदरबार संवाददाता
२०७८ आश्विन ५, मंगलवार १३:५०
NIMB
Nabil Bank

काठमाडौ. । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीले बोलेकै भरमा सेयर बजार घट्ने बढ्ने भन्ने नहुने दावी गरेका छन् । त्रिवि अर्थशास्त्र केन्द्रिय विभाग र नेपाल बैंक तथा वित्तिय संस्था परिसंघले आयोजना गरेको पुँजी खर्च व्यवस्थापन र वैदेशिक लगानी सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री शर्माले भने,‘मन्त्रीले बोल्दैमा सेयर बजार बढ्ने घट्ने हो र ? भित्र भित्र क कसले के के गर्छन, अनि अर्थमन्त्रीलाई गाली गर्ने ?

मन्त्री शर्माले आफुले चाटर्ड एकाउन्टेन्टहरुको कार्यक्रममा हिसाब मिलानसँग सम्बन्धीत धारणा मात्रै राखेको बताए । उनले भित्रभित्रै चलखेल गरेर बजारमा अनावश्यक उतारचढाव ल्याउने काम भैरहेको तर आफुलाई दोषी देखाएर बदनाम गराउने प्रयास भैरहेको आरोप पनि लगाए । उनले आफु सेयर बजारको सम्वेदनशिलतासँग जानकार रहेका पनि बताएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्