Shikhar Insurance

अर्थमन्त्रीलाई गोल्यानको सुझाव : विदेशी लगानी भित्र्याउन यस्ता व्यवस्था नगरी हुँदैन (भिडियो)

पवन गोल्यान
२०७८ आश्विन ५, मंगलवार १७:३६
NIMB
Nabil Bank

काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले वैदेशिक लगानी भित्र्याउने उपाय सुझाएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभाग र परिसंघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा गोल्यानले वैदेशिक लगानी सहजीकरणका लागि स्थापना भएको एकद्वार प्रणालीलाई पूर्णरुपले कार्यान्वयन गर्नुपर्ने, कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने, एनआरएनलाई पुँजी बजारमा सहजै लगानीको वातावरण बनाउनुपर्ने लगायतका माग राखे ।

अर्थविदहरूलाई साक्षी राखेर अर्थमन्त्री जनार्दन शर्मासामु गोल्यानले यसो भनेः

Citizen Life
Kumar Bank
Nepal Life

–लगानी प्रवर्द्धनका लागि स्थापना गरिएको एकद्वार प्रणाली पोष्टम्यान जस्तो भयो यसको पुनसंरचना गरिनुपर्छ ।

–५ लाख डलर भन्दा कम लगानी ३ दिनभित्र स्वीकृति हुने र सम्बन्धीत कार्यालयले कुनै प्रक्रिया नदिए स्वतः पास हुनुपर्नेछ ।

–१० लाख डलरसम्मको विदेशी लगानी ७ दिनभित्र स्वीकृति गर्नुपर्ने र सम्बद्ध निकायले कुनै प्रतिक्रिया नदिए स्वतः स्वीकृतिको व्यवस्था गर्नुपर्छ ।

–५० लाख डलरसम्मको लगानी १५ दिनभित्र स्वीकृत गर्नुपर्ने व्यवस्था गरौं ।

–५० लाख डलर भन्दा बढी लगानी मात्रै प्रक्रियामा लगेर टुंगो लगाऔं ।

–एनआरएनहरुको रकम सम्बन्धीत देशबाट मात्रै पठाउने नियम हटाइनुपर्छ, अर्काे देशबाट पनि त्यस्तो पैसा पठाउन सकिए फाइदा हुन्छ ।

–एनआरएनहरुको ५ लाख डलरसम्मको लगानी मर्चेन्ट बैंकर मार्फत ल्याएर सेयर बजारमा लगानी गरौं, त्यसले सेयर बजारको अनावश्यक उचारचढाव कम हुन्छ । बरु तीन वर्षसम्म लगानी फिर्ता लैजान नदिऔं ।

–बैंक र बीमा कम्पनीहरुको प्रमोटर सेयर पब्लिकमा कन्भर्ट गरौं ।

–२०० मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनामा पनि विदेशी लगानी खुला गरौं, हेजिङको व्यवस्था गरौं । अरु क्षेत्रका लगानीमा पनि हेजिङ गरौं ।

–कृषिमा विदेशी लगानी नरोकौं ।

 

बाँकी सिंहदरबारको युट्युब च्यानलमा ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्