Shikhar Insurance

राष्ट्र बैंकले थर्काएपछि मुक्तिनाथ विकास बैंकले माग्यो माफी, यी हुन् अस्वस्थ प्रतिपर्धा गर्ने अरु वित्तीय संस्था

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार १०:३३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले अस्वस्थ प्रतिस्पर्धा गरे कारबाही गर्ने चेतावनी दिएको छ । बैंक तथा वित्तीय संस्थाका संघका प्रतिनिधिहरुलाई बोलाएर राष्ट्र बैंकले सो गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

“असोज १ गतेदेखि बैंकहरुको निक्षेप र कर्जाको ब्याजदरमा ग्राहकको गुनासो बढेको छ,” बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सिंहदरबारसँग भने, “राष्ट्र बैंकले नियम दायाबायाँ गरेर काम नगर्न भनेको छ । यदी त्यसो भयो भने कारबाही हुन्छ भन्ने लाउड एन्ड क्लियर मेसेज दिन खोजिएको छ ।” दाहालका अनुसार केही बैंकविरुद्ध तोकेको भन्दा बढी स्प्रेड दर लिइएको भन्दा बढी ब्याज लिएको र प्रिमियम एकतर्फी बढाएको गुनासो रहेछ । राष्ट्र बैंकले कडा कारबाही गर्ने भनेको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“तपाईंहरुले यो नियमविरुद्ध नजानुहोला भने सबै सदस्यहरुलाई जानकारी गराइदिनुहोला भन्न बोलाउनु भएको रहेछ,” दाहालले भने ।

वाणिज्य बैंकहरुले पनि असोजबाट निक्षेपको ब्याजदर दोहोरो अंकमा पु¥याएका छन् । त्यसबाहेक अधिक सेवा शुल्क असुलेर सेवाग्राहीलाई दुःख दिएको दर्जनभन्दा बढी गुनासो राष्ट्र बैंकमा पुगेको छ ।

मुक्तिनाथले माग्यो माफी

यसैबीच राष्ट्र बैंकले कारबाहीको चेतावनी दिएपछि मुक्तिनाथ विकास बैंकले माफी मागेको छ । बैंकले मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज दिने प्रचार गरेको थियो ।
मुक्तिनाथले आज सूचना प्रकाशित गर्दै अधिकतम वार्षिक ९.५ प्रतिशतमा दिइने बताएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार मुक्तिनाथ, गरिमा, सांग्रिला विकास तथा मञ्जुश्री र प्रोग्रेसिभ फाइनान्सले अस्वस्थ प्रतिस्पर्धा गरेका छन् । उनीहरुले पनि ब्याजदर घटाउने प्रतिवद्धता गरिसकेका छन् ।

केन्द्रिय बैंकका प्रवक्ता देवकुमार ढकालले भने गुनासाे बढेपछि बैंकहरूलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न सम्झाएको बताए । केन्द्रिय बैंकले त्यसो गरेको भोलिपल्टै बैंक तथा वित्त कम्पनी सुधारिन थालेका हुन् ।

 

यसपछिः

दिने ब्याजदरभन्दा बढी प्रचार गर्ने मञ्जुश्री फाइनान्स र गरिमा विकास बैंकले पनि मागे माफी

GBIME

प्रतिक्रिया दिनुहोस्