Shikhar Insurance

दिने ब्याजदरभन्दा बढी प्रचार गर्ने मञ्जुश्री फाइनान्स र गरिमा विकास बैंकले पनि मागे माफी

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार १४:१०
NIMB
Nabil Bank

काठमाडौं । मुद्दती निक्षेपमा दिइने ब्याजदरभन्दा बढी अंक राखेर प्रचार गर्ने थप दुई वित्तीय संस्थाले माफी मागेका छन् । मुक्तिनाथ विकास बैंकसँगै गरिमा विकास बैंक र मञ्जुश्री फाइनान्सले पनि अस्वस्थ प्रतिस्पर्धाको प्रयास भएको स्विकारेका हुन् ।

गरिमाले भदौ ३१ गते नै असोज १ देखि लागु हुने नयाँ ब्याजदर सार्वजनिक गरेको थियो । जसमा व्यक्तिगत मुद्दतीमा ९.५ प्रतिशत ब्याज दिइने बताइएको थियो । भोलिपल्टै बैंकले व्यक्तिगत निक्षेपमा १० प्रतिशतसम्म ब्याज दिइने विज्ञापन सम्प्रेषण गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

गरिमाले व्यक्तिगत मुद्दतीमा ९.५ प्रतिशतमात्र ब्याज पाइने स्पष्ट पारेको छ ।

यसैरी मञ्जुश्री फाइनान्सले भदौ ३० गते नै मुद्दती निक्षेपमा ८.७५ प्रतिशत ब्याज दिने सूचना दिएको थिइो । त्यसको ६ दिनपछि अर्थात असोज ५ गते बैंकले अर्को सूचना प्रकाशित गर्‍यो जसमा व्यक्तिगत मुद्दतीमा अधिकतम ९.५ प्रतिशत ब्याज पाइने उल्लेख छ । फाइनान्सले मुद्दती निक्षेपमा पुरानै (८.७५ प्रतिशत) नै कायम भएको सूचना सार्वजनिक गर्दै ग्राहक पक्षमा पर्ने गएको भ्रमका लागि क्षमा मागेको छ ।

 

यसअघिः

राष्ट्र बैंकले थर्काएपछि मुक्तिनाथ विकास बैंकले माग्यो माफी, यी हुन् अस्वस्थ प्रतिपर्धा गर्ने अरु वित्तीय संस्था

तरलता अभाव देखिन थालेपछि बैंकले बढाए निक्षेपकाे ब्याजदर, कसको कति ?

GBIME

प्रतिक्रिया दिनुहोस्