Shikhar Insurance

आन्तरिक पर्यटक मार्दी ट्रेकमा जान सुरू, विदेशीले पनि सोधपुछ थाले

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार १४:५६
NIMB
Nabil Bank

कास्की । कास्कीको मार्दी हिमाल पदयात्रामा आन्तरिक पर्यटक पुग्न थालेपछि पर्यटन व्यवसायीमा उत्साह बढेको छ । कोरोनाले शिथिल यस पर्यटनमार्गमा पछिल्ला दिनमा दैनिक आन्तरिक पर्यटक आउन सुरु गरेको त्यस क्षेत्रका व्यवसायी बताउछन् । विदेशी पर्यटकले पनि सोधीखोजी सुरू गरेका छन् ।

कोभिड अघिको अवस्थामा यहाँको पयर्टन फर्किन समय लाग्ने भए पनि स्वदेशी पदयात्रीको चहलपहल सुरु भएकाले आशा जगाएको छ । मार्दी ट्रेकमा होटल व्यवसाय सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी सुदीप गौतमले अहिले पदयात्रामा आन्तरिक पर्यटक आउन सुरु गरेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“नेपाली हिँडन् थालेका छन्, विदेशीको पनि सोधपुछ आउन थालेको छ,” गौतमले भने, “दिनमा १५/२० जना नेपाली पर्यटक आएका छन् ।” दसैँको बिदा सुरु भएलगत्तै थप पर्यटक आवागमन हुने ठानिएको छ ।

सरकारले आगामी फागुनसम्म सबैलाई कोरोना खोप दिने बताएको र अहिले पनि केहीले खोप पाइसकेकाले मार्दी क्षेत्रको पर्यटन विस्तारै पहिलाकै अवस्थामा फर्किनेमा आशावादी रहेको उनी बताउँछन् । मार्दी पदयात्राका धम्पुस, अष्ट्रेलियन, पोथना, हाइ र लो क्याम्पका होटल तथा रेष्टुरेन्टसमेत अहिले खुलेका छन् ।

होटलमा आउने पर्यटकका लागि स्वास्थ्यमापदण्ड पालना गराउने गरिएको गौतमले बताए । विदेशी पर्यटक आउन समय लाग्ने भएकाले आन्तरिक पर्यटकमै अझै केही महिना पर्यटन निर्भर हुने बताइन्छ ।

विशेषगरी दसैँको आसपासमा यस क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको छ । विगत वर्षमा विदेशी पर्यटक उल्लेख्य हुने गरे पनि दुई वर्षयता विदेशीको आगमन ठप्प छ । छोटो अवधिमा नजिकबाट हिमशृङ्खलाको अवलोकन मार्दी पदयात्राको आकर्षण हो । पदयात्री मौसमानुसारका फूल फुल्ने हरियालीसँग यात्राका क्रममा आनन्दित हुने गर्दछन् ।

गत वर्ष दसैँ तिहारमा पर्यटकको घुँइचो भएपछि कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रामा आउने पर्यटकसँग पिसिआर रिपोर्ट अनिवार्य गरिएपछि पर्यटक घटेका थिए । पछि निषेधाज्ञा जारी भएपछि सबै होटल बन्द गरिएका थिए ।

मार्दी हिमाल पर्यटन व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले सो क्षेत्रका पर्यटन व्यवसायीलाई कोभिड विरुद्धको खोपका लागि जिल्ला प्रशासन तथा गाउँपालिकासँग पहल गरिएको बताए ।

स्वदेशी विदेशी पर्यटकको चहलपहल सुरु भएसँगै आफूहरु पनि खोप लगाएर निर्धक्कका साथ पर्यटकलाई स्वागत गर्न चाहेको बताए । उनले भने,” कोभिडले दुई वर्ष हामी मारमा प¥र्योँ । अहिले सरोकारवाला सबैसँग सल्लाह गरेर होटल व्यवसाय खोलेका छौँ । खोप लगाएर ढुक्क भएर पर्यटकको स्वागत गर्न चाहेका छौँ । अबको पालोमा खोपको व्यवस्था हुुन्छ भनेर आश्वासन पाएका छौँ ।”

अहिले पानी पर्न विस्तारै कम हुँदै गएर मौसम खुल्दै गएकाले समेत हिमालको सुन्दरता र गाउँठाउँको हरियालीले पर्यटकलाई स्वागत गरिरहेको गुरुङ बताउँछन् ।

मार्दी पदयात्रामा जाने पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै चार हजार ५०० मिटर उचाइमा अवस्थित मार्दी हिमालको आधार शिविरसम्म पुग्ने गर्दछन् ।

पोखराबाट जीपमा माछापुच्छ्रे गाउँपालिकाको सिदिङसम्म पुगेर त्यहाँबाट समेत मार्दी हिमाल पुग्न सकिन्छ । पछिल्लो समय पोखरा–२५ को मेलबोटदेखीनै पदयात्रा सुरू गर्ने गरी नयाँ पदयात्रामार्गको खोजी गरेर पैदलमार्ग निर्माण गरिएको हो ।

मेलबोटदेखि पदयात्रा सुरु भएर, अस्ताम, धिताल, धम्पुस, प्रितमदेउराली तथा धिताल ल्वाङ, घलेल कालीमाटी हुँदै मार्दी हिमाल जोड्ने गरी पदयात्रामार्ग विकास गर्ने योजना अनुसार पूर्वाधार निर्माण गरी नयाँ बाटोको विकास गरिएको छ ।

गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्षमा १० लाख रूपैयाँ बजेट र जर्मनस्थित एक विदेशी संस्थाको चार लाख ५० हजार आर्थिक सहयोगमा मेलबोटदेखि अस्तामसम्मको विभिन्न स्थानको अप्ठ्यारो ठाउँमा ५०० मिटर पैदलयात्रा निर्माण गरिएको मेलबोट–अस्ताम–धिताल–धम्पुस–मार्दी हिमाल पदमार्ग निर्माण समितिका संयोजक पर्यटन व्यवसायी विश्व अधिकारीले जानकारी दिए ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्