Shikhar Insurance

सेयर बजारमा अस्वभाविक उतारचढाव, सबै कम्पनीको मूल्य बढ्दा बुधबार १०४ अंकले बढ्यो नेप्से

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार १५:१८
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा अस्वभाविक उतारचढाव देखिएको छ । सोमबार १ सय १४ अंकले घटेको नेप्से परिसूचक मंगलबार १३ अंकले सुधारिएर बुधबार १ सय ४ अंकले बढेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबारको कारोबारमा थप उतारचढाव देखिएको थियो । बुधबार सय अंकको वृद्धि हुनुको अर्थ ३ दिन तलमाथि भएर नेप्से पूर्ववत् बिन्दुमा पुगेको छ ।

बुधबार कारोबा सुरू भएको केही मिनेटमै नेप्से परिसूचकमा भारी अंकको सुधार आयो । त्यसपछि सामान्य घटबढ हुँदै नेप्से २८१६.९५ अंकमा पुगेको हो । परिसूचक १०४.८८ अंकले बढ्दा बजारमा ६ अर्ब १७ करोड ९३ लाख रूपैयाँको सेयर किनबेच भए । कुल २ सय १७ स्क्रिप्ट कारोबारमा आएका थिए ।

कारोबारमा आएका १ सय ८५ कम्पनीमध्ये एउटाको मुल्य घटबढ नहुनुबाहेक सबैको सेयर मूल्य बढे । नेप्सेका अनुसार डेढ हर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

ङादी ग्रुपको मूल्य घटबढ भएन । दुईवटा डिबेन्चर र दुईवटा म्युचुअल फन्ड भने मुल्य घटेर कारोबार भए ।

पछिल्लो समय सेयर बजारमा उच्च अंककोगिरावट तथा सुधार आइरहेको छ । सामान्य समाचारले पनि परिसूचकमा सय अंकको वृद्धि वा गिरावट हुने गरेको छ ।

ब्याजदर बढिरहँदा बैंकहरूले राष्ट्र बैंकको कारबाहीको डरमा बढेको ब्याजदर फिर्ता लिएको समाचारले बुधबारको सेयर बजारमा रौनक थपेको देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्