Shikhar Insurance

हास्यकलाकार “हुर हुर”को निर्देशनमा बनेको “उकुस मुकुस” बुधबार साँझदेखि प्रशारण हुँदै

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार १७:०५
NIMB
Nabil Bank

काठमाडौं । हास्य श्रृङ्खला तथा हास्य सामग्रीका दर्शकहरु बढ्दै गएको अवस्थामा नयाँ शैलीको हास्य टेलिचलचित्र “उकुस मुकुस” बुधबार साँझदेखि प्रशारण हुने भएको छ । हास्य कलाकार दिलिप तामाङ “हुर हुर” को कथा तथा निर्देशनमा तयार भएको हास्य श्रृङ्खला युट्युब च्यानल ‘आमा अग्नी कुमारी’ बाट असोज ६ गते बुधबार साँझ ७ बजेदेखि प्रशारण सुरु हुने भएको हो ।

गोल्ड फिल्मसको निर्माणमा तयार पारिएको श्रृङ्खलाका निर्माता नहकुल भट्टराई हुन् । केदार घिमिरे “माग्ने बूढा” को संवादमा तयार पारिएको हास्य श्रृङ्लाको पटकथा दिपक लम्साल र टुल्कु तामाङको रहेको छ । त्यसैगरि सितादेवी तिमल्सिना श्रृङखलामा सहायक निर्देशकको जिम्मेवारीमा छिन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हास्य कलाकार तथा श्रृङ्खलाका निर्देशक दिलिप तामाङ “हुर हुर” र जयनन्द लामाको जोडदार प्रस्तुती श्रृङ्खलामा देख्न सकिन्छ । त्यसैगरी धनराम मुस्कान, देवी आले “सुन बूढी”, भुईसाल लामा, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङ, सोहन थापा लगायत कलाकारहरुले हास्य श्रृङ्खलामा अभिनय गरेका छन् ।

निर्देशक तामाङ्का अनुसार हास्य श्रृङ्खला फरक परिवेशमा तयार पारिएको छ । “दर्शकहरुले देखिरहनु भएका धेरै कलाकारहरुको सामुहिक कामबाट तयार भएको श्रृङ्खला उत्कृष्ट बनेको छ,” निर्देशक हुर हुरले भने ।

“तत्काललाई युट्य्ब च्यानलबाट मात्र प्रशारण सुरु भएको यो कार्यक्रम केही समय पछि टेलिभिजनको पर्दामा पनि हेर्न सकिन्छ । त्यसको तयारी भईरहेको छ” श्रृङ्खलाका निर्माता भट्टराईले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्