Shikhar Insurance

नेपालमा पहिलो हाइब्रिड कार सार्वजनिक गर्दै किया, मूल्य कति ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार १७:२३
NIMB
Nabil Bank

काठमाडौं । कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाईब्रीड एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियाली अटो निर्माता कम्पनी कियाले २०२१ सोरेन्टो हाईब्रीड एसयूभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।

आफ्नो सात सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा ‘द लार्जेस्ट हाईब्रीड एसयूभी’ अवधारणालाई लागु गरेको कम्पनीले जनाएको छ ।नयाँ किया सोरेन्टो हाइब्रिड वातावरणीय हिसाबले पनि अनुकूल रहेको दाबी गरिएको छ । स्वच्छ र हरित भविष्यका लागि सोरेन्टो हाइब्रिड एउटा हरित विकल्प भएको बताइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

२०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री छ । जसले जुनसुकै कठिन भूभागमा यात्रा गर्न मिल्ने उल्लेख छ ।

यो हाइब्रिड समानान्तर ड्राइभ प्रणालीको टिएमइडी संरचनामा आधारित छ । नयाँ सोरेन्टोमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक छ । नयाँ सोरेन्टोमा विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै छ । सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषता छ । नयाँ सोरेन्टो हाइब्रिडलाई सडकको अवस्थाअनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।

सातवटा एयरब्याग रहेको यो गाडीमा लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यु मोनिटर, लेन फलोइङ असिस्ट र अन्य थुप्रै सुरक्षा विशेषता छन् ।नयाँ सोरेन्टो हाइब्रिड एययुभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँच वटा आकर्षक कलर भेरियन्टमा उपलब्ध छन् । किया सोरेन्टो इको हाइब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्