Shikhar Insurance

लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो माछापुच्छ्रे, १३.३ प्रतिशत बोनस सेयर

सिंहदरबार संवाददाता
२०७८ आश्विन ६, बुधबार १७:५६
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने भएको छ । लाभांश घोषणा गर्ने माछापुच्छ्रे पहिलो बैंक बनेको हो ।

आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकको सञ्चालक समितिले सो मात्राको बोनस सेयर दिने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

असोज ६ गते बसेको सञ्चालक समितिको वैठकले सेयरधनीलाई चुक्तापुँजीको १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत कर प्रयोजनको नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृति र वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ६३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो जसमध्ये वितरण योग्य नाफा १ अर्ब १३ करोड रुपैयाँ छ । ९ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको अब चुक्तापुँजी १० अर्ब ७६ करोड रूपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्