Shikhar Insurance

प्रचार छुटको तर खाद्यकाे गोदाममा चामल छैन

सिंहदरबार संवाददाता
२०७८ आश्विन ७, बिहीबार ०९:१०
NIMB
Nabil Bank

जाजरकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो चामलमा रु पाँच छुट दिने निर्णय गरे पनि चामलको अभाव भएको छ । कम्पनीको गोदाममा चामल नै नहुँदा दैनिक चामल लिनका लागि आएका सर्वसाधारण रित्तो हात फर्कन बाध्य भएको कार्यालय प्रमुख कमलराज पाण्डेले जानकारी दिए । “रेडियो, टिभीबाट प्रतिकिलो रु पाँच छुट थाहा पाएका सर्वसाधारण चामल लिनका लागि आउनुहुन्छ, हामीसँग चामल नै छैन के दिनु ? ”, उनले भने ।

देशका सुविधासम्पन्न ठाउँमा सुपथ मूल्य पसल स्थापना गरेर सेवा प्रवाह गरे पनि डोल्पालगायत जाजरकोटका सर्वसाधारणलाई त्यो सुपथ मूल्य पसलले पाउन सकेका छैनन् । जहाँ सुविधासम्पन्न ठाउँ छन् त्यही नै सुपथ मूल्य पसल छन् । दुर्गमका जनताका लागि केही पनि सेवा नभएको डोल्पा ठुलीभेरी नगरपालिका–३ का डिलाराम थापाले बताए  । उनले भने, “जहाँ सुगम छ, त्यहँ पसल छन्, यहाँ जति पैसा तिरेर खाद्यान्न खरिद गर्छौँ भन्दा पनि चामल पाइँदैन के गर्नु ? , वर्षामा भत्किएका सडकसमेत सञ्चालन भएका छैनन् ।”

Citizen Life
Kumar Bank
Nepal Life

डोल्पाका गाउँमा अहिले खाद्यान्न अभाव हुन थालेको छ । पुरानो अन्न सकिएको र नयाँ अन्न पाकिनसकेकाले खाद्यान्न सङ्कट भएको हो । दुनैमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयले समस्या परेको समयमा मात्र उपलब्ध गराउने भन्दै थोरै चामल सुरक्षित गरी राखेको छ । गाउँका सबै डिपो रित्तो अवस्थामा छन् ।

गत आर्थिक वर्षमा जिल्लाका लागि १८ हजार क्विन्टल चामल विनियोजन भई बिक्री भइसकेको लिमिटेडले जनाएको छ । दुनै शाखामा २५० क्विन्टल र जुफाल गोदाममा २०९ क्विन्टल चामल मात्र मौज्दात रहेको छ । यो चामल ग्रामीण बस्तीका आर्थिक विपन्न गरिब परिवारमा मृत्यु, बाढीपहिरालगायतका आपत्कालीन अवस्थामा वितरणका लागि राखिएको लिमिटेडका प्रमुख पाण्डेले जानकारी दिए ।

नेपाल सरकारले गएको वर्ष माथिल्लो डोल्पाका लागि एक हजार ५०० क्विन्टल, तल्लो डोल्पाका सर्मि डिपोका लागि ३०० क्विन्टल, काइगाउँ डिपोका लागि एक हजार क्विन्टल, दुनै शाखाका लागि नौ हजार क्विन्टल र जुफाल गोदामका लागि चार हजार ५०० क्विन्टल गरेर १८ हजार क्विन्टल चामल विनियोजन गरेको थियो । यो सबै चामल सकिएकाले अहिले समस्या हुँदै आएको छ ।

आर्थिक वर्ष २०७८/७९ को लागि जिल्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्ज र सुर्खेतबाट डोल्पा ढुवानी गर्न बोलपत्र आह्वानको काम सुरु भएको छ । सो ठेक्का कहिले स्वीकृत हुन्छ र डोल्पामा खाद्यान्न पुग्छ भन्ने कुरा यकिन नभएको कार्यालयले जनाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्