Shikhar Insurance

नेकपा एसले पदाधिकारीको टुंगो लगायो, भुषाल महासचिव, झाँक्रीसहित ४ जना सचिव

सिंहदरबार संवाददाता
२०७८ आश्विन ७, बिहीबार १२:४५
NIMB
Nabil Bank

काठमाडौं । बेदुराम भुसाल नेकपा (एकीकृत समाजवादी) को महसचिव बन्दा तथा रामकुमारी झाँक्री सचिव बनेकी छिन् । नेकपा एसले पदाधिकारी टुंगो लगाएको छ । एकीकृत समाजवादीमा चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन भएका हुन् ।

नेकपा एसको उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् । सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।

यी पदाधिकारीहरुको टुंगो सचिवालयले लगाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्