Shikhar Insurance

एकिकृत समाजवादी पार्टीको पदाधिकारीमा युवाहरुको उल्लेख्य सहभागीता

सिंहदरबार संवाददाता
२०७८ आश्विन ७, बिहीबार १४:२२
NIMB
Nabil Bank

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा(एकिकृत समाजवादी) पार्टीले पदाधिकारीहरुको नाम टुंगो लगाएको छ । बिहिबार बसेको बैठकले उपाध्यक्ष, महासचिव, उप महासचिव र सचिव लगायतका पद र जिम्मेवारी टुंगो लगाएको हो ।

उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह, केशलवलाल श्रेष्ठ, केदार न्यौपाने र जयन्ती राई चयन भएका छन् । महासचिवमा वेदुराम भुसाल चयन हुँदा उप महासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र डा. विजय पौडेलले जिम्मेवारी पाएका छन् । जगन्नाथ खतिवडा, राजेन्द्र राई, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीले सचिवको जिम्मेवारी पाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उप महसचिवको जिम्मेवारी पाउने डा. विजय पौडेल, प्रकाश ज्वाला, सचिवको जिम्मेवारी पाउने जगन्नाथ खतिवडा, राजेन्द्र राई र राम कुमारी झाक्रीहरु युवा पुस्ताका नेता हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्