Shikhar Insurance

‘सुधार नचाहने’ कर्मचारीलाई महाप्रबन्धको प्रश्न : जनताले तिरेको करबाट तलब खाएको हेक्का छ नि ?

आन्दोलनरत कर्मचारीले निर्देशक र उपनिर्देशकलाई हिजो पनि कार्यकक्षमै थुने, यी काम हप्तौंदेखि ठप्प
सिंहदरबार संवाददाता
२०७८ आश्विन ७, बिहीबार १४:२१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल वायुसेवा निगम सुधारका लागि प्रस्तावित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रारम्भीक मस्यौदाका विरुद्धमा यतिखेर कर्मचारी आन्दोलनरत छन् ।

यसो गर्दा निगम सुधारको काम अघि बढ्न सकेको छैन भने दैनिक गतिविधिसम्म ठप्प भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

निगममा कार्यरत कर्मचारीका ३ वटा कर्मचारी संगठनले असार १८ गतेदेखि काम ठप्प पारेका छन् । यस कार्यले निगमको ब्यवसायमा दुरगामी असर पार्ने महत्वपुर्ण कामहरु ठप्प हनुुको साथै निगममा कार्यरत कर्मचारीको तलब बितरण गर्न समेत कानुनी अप्ठ्यारो परेको महाप्रबन्ध डिमप्रसाद पौडेल बताउँछन् ।

महाप्रबन्ध पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विभिन्न समयमा सरकारले गठन गरेका सुधार कार्यदलहरुले दिएको प्रतिवेदन तथा सुझावको आधारमा नेपाल सरकारले दिएको निर्देशन बमोजिम निगमको सञ्चालक समितिले तयार गरेको प्रस्तावित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रारम्भिक मस्यौदा लगायतका सरकारले गरेका अन्य निर्णय खारेज गनुपर्ने माग राखेर निगममा कार्यरत विभिन्न तिनवटा कर्मचारी संगठनले बिना सुचना र प्रक्रिया गत असार १८ गते देखि गरेको आन्दोलनमा कारण निगमको व्यवसायमा दुरगामी असर पार्ने महत्वपुर्ण काम ठप्प हनुुको साथै निगममा कार्यरत कर्मचारीको तलब वितरण गर्न समेत कानुनी अप्ठ्यारो गर्न गएको छ ।”

यसरी निगम सुधारको विपक्षमा रहेका कर्मचारीका कारण चाडपर्वहरुमा तलब वितरण गर्न बजेट समेत पारित हुन नसक्ने स्थिति छ । बजेट पारित हुन नदिनेगरि गरिएका यस्ता आन्दोलनबाट कर्मचारी वर्गमा गम्भीर मर्का पर्न गएको तथा निगमको सेवालाई अविच्छिन्न राख्न अत्यावश्यक कामसमेत ठप्प हुन पुगेको पौडेलले बताएका छन् ।

पौडेलका अनुसार निगमले अनुमती पाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि आवश्यक तयारीको काम हुन सकेको छैन । साथै इन्जिन मर्मत, अनलाइन टिकट, बजेट तथा वार्षिक कार्यक्रम तर्जुमा, ऋण दायित्व भुक्तानी तथा व्यवसाय विस्तारको काम रोकिएको छ ।

यी हुन् ठप्प कामहरुः
१) निगमले अनुमती पाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवाको लागि आवश्यक तयारीको कार्य ।
२) निगममा आईएफआरएस प्रणाली लागु गर्ने सम्बन्धमा गर्नुपर्ने तयारीको काम ।
३) अनलाइन टिकट प्रणाली समेत हुने गरी पीएसएस लागु गर्ने सम्बन्धमा गरि राखिएको तयारीको काम
४) ए ३२० को इन्जिन मर्मतका लागि एमआरओ छान्ने सम्बन्धी सम्पुर्ण प्रक्रिया
५) अर्थमन्त्रालयको निर्देशन बमोजिम गर्नुपर्ने निगमको अध्यावधिक डीडीए सम्बन्धी काम
६) आव २०७८।७९ को बजेट तथा वार्षिक कार्यक्रम तर्जुमाको काम
७) महालेखा परिक्षकको प्रतिवेदन उपर छलफल र जवाफ दिने कार्य (आन्दोलनका कारण म्याद गुज्रिन पुगेको)
८) निगमको ऋण दायित्व भुक्तानी गर्न अर्थमन्त्रलयको समन्वयमा गरिने सम्पुर्ण काम
९) निगम व्यवस्थापनले तयार गरि सञ्चालक समितिले स्विकृत गरेको १० वर्षे व्यावसायिक योजना कार्वान्वयन गरी आन्तरिक तथा अन्र्तराष्ट्रिय उडानको लागि बिमान संख्या थप गर्न नेपाल सरकारसँग समन्वय गर्ने सम्बन्धी सम्पुर्ण काम ।

पौडेलले यो आन्दोलन निगमको हित भन्दा पनि अमुक स्वार्थ प्रेरित व्यक्तिहरुको इसारामा सञ्चालित र कुण्ठाबाट प्रेरित भएको बताएका छन् । शान्तिपुर्ण रुपमा विचार अभिव्यक्त गर्ने र पेशागत हकहितको लागि आवाज उठाउन पाउने कानुनी अधिकार रहेको विषय आफूले बुझेको भन्दै पौडेल व्यवस्थापनको तर्फबाट पटक पटक वार्ताको लागि आह्वान गर्दा समेत कुनै पनि संगठनले चासो नदेखाएको बताएका छन् । आन्दोलनरत कर्मचारीले तालुक मन्त्रालयबाट समेत पटक पटक वार्ताको निम्ति गरिएका प्रयासलाई पनि गम्भीरता पुर्वक लिएका छैनन् ।

अन्दोलन गरिरहेका कर्मचारीले निगममा काम गर्न चाहने कर्मचारीलाई समेत मुल गेट थुनी काममा जान दिने गरेका छैनन् भने काममा निष्ठापुर्वक लागिरहेका कर्मचारीहरुलाई समेत जबरजस्ती आन्दोलनमा तान्ने काम गरिरहेको पौडेलले बताएका छन् । कर्मचारी आन्दोलनका न्युनतम मापदण्ड समेत ख्याल नगरी उनीहरुले कार्यालयभित्र कर्मचारी रहेको अवस्थामा बिजुली, पानी, टेलिफोन, इन्टरनेट काटिदिने जस्ता काम गरिरहेका छन् । यसो गर्नाले निगमको दैनिक कार्य सञ्चालनमा बाधा पुगिरहेको छ ।

महाप्रब्न्धक पौडेलले यी बिषयका बावजुत महाप्रबन्धकको हैसियतले आफू कार्यरत संस्थामा आफ्नो मातहत कार्यरत सबै कर्मचारीहरुलाई आफूले काम गरेको अवधिको तलब कुनै पनि हालतमा भुक्तानी गराउने बताएका छन् ।

यसैबीच तलब दिने तयारी गरेकामा आन्दोलनरत कर्मचारीले निगमका निर्देशक, उपनिर्देशक लगायतका उच्च पदस्थ कर्मचारीलाई कोठा भित्र थुनी बन्दक बनाएका छन् ।
निगमले बजेट पारित गर्न नदिएको अवस्थामा कसरी तलब भुक्तनी गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयमा छलफल गरिसकेको छ । मन्त्रालयबाट नितिगत सहमती लिई निगम कर्मचारीले दशैं अगाडि नै वितरण गर्ने तयारी गरिरहका थिए ।

कर्मचारीले निगमको कोष अनाधिकृत खर्च गर्न जबरजस्ती हस्ताक्षर गर्न लगाएका थिए । यो कार्यले निगमको संगठनात्मक पद्धती, अनुशासन र संस्थागत सुशासनमा गम्भीर प्रश्न खडा गरको महाप्रबन्धक पौडेलको दाबी छ ।

साथै, निश्चित व्यक्ति र समुहको स्वार्थ पुर्ति गराउन लागि राष्ट्रको गौरव राष्ट्रिय ध्वजावाहकलाई तहस नहस बनाउने र निष्ठावान् कर्मचारीको दैनिकी गुजारामा समेत अवरोध पुर्‍याउने कामलाई कानुनले छुट नदिने चेतावनी दिएका छन् । पौडेलले भने, “निगम नेपाल सरकारको पुर्ण स्वामित्वमा जनताको तिरेको करबाट सञ्चालित संस्थान हो यसको स्वामित्व सम्पुर्ण नेपाली नागरिकमा निहित छ र जनताको सम्पत्ति हिनामिना गर्ने अधिकार कसैलाई नभएको कुरा समेत स्मरण गराउन चाहन्छु ।”

GBIME

प्रतिक्रिया दिनुहोस्