Shikhar Insurance

अजोड इन्स्योरेन्सकोे तालिमहरु सम्पत्र

सिंहदरबार संवाददाता
२०७८ आश्विन ७, बिहीबार १७:५९
NIMB
Nabil Bank

काठमाडौं । अजोड इन्स्योरेन्सले मार्केटिङ कर्मचारीलाई इन–हाउस मार्केटिङ तालीम दिएको छ । उक्त तालिममा ५२ जना सहभागी थिए ।

यस्तै कम्पनीले भर्चुअल माध्यमबाट आधाभुत निर्जीवन बीमा अभिकर्ता तालिम पनि आयोजना गरेको छ । कार्यक्रममा सहायक महाप्रबन्धक अनिल कुमार अर्याल तथा प्रशिक्षार्थीले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टफोलियोका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । तालीममा २५ जना अभिकर्ताको सहभागीता थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी कम्पनीको प्रादेशिक कार्यालय, हेटौंडामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालीम सम्पन्न भएको छ । तालीमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका प्रबन्धक दिपक पोखरेले बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिकाको बारेमा प्रशिक्षण प्रदान गरे ।

त्यस्तैगरी कम्पनीका नायब प्रबन्धक प्रेमप्रसाद पाण्डेले कृषि तथा पशुपन्छी बीमाको साथै अभिकर्ताको काम कर्तव्य र अधिकार तथा जिम्मेबारीको विषयमा प्रकाश पारेका थिए ।

अजोड इन्स्योरेन्स लिमिटेडको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिममा १९ जना अभिकर्ताको सहभागीता रहेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्