Shikhar Insurance

बिरगञ्जमा महालक्ष्मी लाइफको बीमा जागरण अभियान

सिंहदरबार संवाददाता
२०७८ आश्विन ९, शनिबार १०:३८
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक नगरी बिरगञ्जमा बीमा जागरण अभियान सञ्चालन गरेको छ । युवासंगः महालक्ष्मी लाईफ बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुक्रबार कम्पनीले बिरगञ्ज स्थित ग्लोबल कलेजमा जागरण अभियान आयोजना गरेको हो ।

कार्यक्रममा ८० जना युवा विद्यार्थीहरुको सहभागीता रहेको थियो । कम्पनीका क्षेत्रिय प्रमुख दिगम्बर गुप्ताको संयोजकत्वमा २१ सदस्यिय जिल्ला जागरण समिति पनि गठन भएको छ । कार्यक्रम आयोजना गर्न ग्लोबल बिजनेस कलेजका प्रिन्सिपल राम कुमार दासले सहजीकरण गरेका थिए । जागरण कार्यक्रममा बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्त राज धमला र प्रबन्धक सिताराम धिमालले प्रशिक्षण दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्