Shikhar Insurance

नाडाको चुनाव मंसिर २२ र २३ गते, चौधरी र थापा मैदानमा

सिंहदरबार संवाददाता
२०७८ आश्विन ९, शनिबार १३:४२
NIMB
Nabil Bank

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको निर्वाचन मंसिर २२ र २३ गते हुने भएको छ ।

असोज ८ गते बसेको केन्द्रिय कार्य समितिको बैठकले ४५ औं बार्षिक साधारण सभा तथा निर्वाचन मंसिर २२ र २३ गते आयोजना गर्ने निर्णय गरेको अध्यक्ष कृष्ण प्रसाद दुलालले जानकारी दिए । नाडाको आगामी नेतृत्वका लागि करण चौधरी र ध्रुव थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एशोसिएशन समेत गठन गरिसकेको जनाएको छ ।

बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एशोसिएशनका अध्यक्षहरुलाई ट्राफिक ज्याकेट लगायत, जनचेतनामूलक स्टिकर, र कोभिड विरुद्धको मास्क समेत हस्तान्तरण गरेको नाडाले जनाएकोे छ ।

नाडाका अनुसार ती सामानहरु नाडाका प्रदेश एशोसिएशनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरु मार्फत वितरण गर्ने छन् । नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरु वितरण गरेको थियो ।

नाडाले अटो शोका विषयमा भने कुनै निर्णय गरेको छैन् । कोरोना संक्रमणको चाप घटेपछि उपयुक्त समयमा अटो शो गर्ने सोँच बनेको पनि अध्यक्ष दुलालले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्