Shikhar Insurance

कम्पनी नै तोकेर चुक्ता पुँजी बढाउँदै बीमा समिति, हकप्रद जारी गर्न नपाउने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १०, आईतवार १९:१०
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले कम्पनीहरुको चुक्ता पुँजी वृद्धिको प्रक्रिया अघि बढाएको छ । समितिले कम्पनीहरुलाई हकप्रद रोकी व्यवसायको जोखिम मापन गर्दै चुक्ता पुँजी बढाउने प्रक्रिया सुरु गरेको हो ।

हाल समितिले जीवन बीमा कम्पनीहरुको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुको १ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ । जुन कम्पनीहरुले पुर्‍याएर नै बीमा व्यवसाय गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अब भने कम्पनीहरुलाई व्यवसाय जोखिमको आधारमा पुँजी वृद्धि गराउने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । जसका लागि समितिले विश्व बैंकको सहकार्यमा ‘रिक्स बेस्ड क्यापिटल फ्रेमवर्क’ खाकाको तयारी गरिहेको छ ।

कार्यकारी निर्देशक पौडेलकाअनुसार हाल समिति र विश्व बैंकका टिमले अध्ययन गरिरहेको छ ।

“कम्पनीहरुले भविष्यमा जाने भनेको रिस्क बेस्ड क्यापिटलमा नै हो,” उनले सिंहदरबारसँग भने, “जोखिम जति छ, त्यहीअनुसारको पुँजी भएमा व्यवसाय गर्न पाउँछन्, पुँजीभन्दा बढी जोखिम लिएर व्यवसाय गर्ने हो भने समितिले तोकेकोमा पुँजी थप गर्नुपर्छ ।”

समितिले हाल विश्व बैंकसँग दैनिकरुपमा रिस्क बेस्ड क्यापिटल फ्रेमवर्क सम्बन्धि अध्ययन गरिरहेको छ । अध्ययन समाप्त भएपछि कम्पनीहरुसँग रिक्स बेस्ड क्यापिटल फेमवर्कमा छलफल हुनेछ । त्यसपछि समितिले रिक्स बेस क्यापिटलको कार्यविधि तयार गर्नेछ ।

समितिले कार्यविधि जारी गरेपछि बीमा कम्पनीहरुले व्यावसायिक जोखिमको आधारमा पुँजी वृद्धि गर्नुपर्ने हुन्छ । समितिले आधारभुत चुक्तापुँजी र सोही अनुसारको व्यवसायको आकार तोक्नेछ भने कम्पनीहरुले समितिले निर्धारण गरेको पुँजीभन्दा बढी जोखिम लिएर व्यवसाय बढाउनुपर्दा सोहीअनुसारको पुँजी थप गर्नुपर्ने उनको भनाइ छ ।

साथै, समितिले अहिले तोकेको पुँजीमा थप बढाउने सम्बन्धि विश्व बैंकले सुझाएको रिस्क बेस्ड क्यापिटलसम्बन्धि अध्ययनमा सम्मिलित समितिका एक अधिकारीले बताए ।

“आधार पुँजी अहिलेकोमा थप गर्ने या सोही कायम गर्ने अध्ययन पछि नै तय हुन्छ तर अहिलेसम्म भने जीवन बीमाको हकमा ४ अर्ब र निर्जीवन बीमा कम्पनीको हकमा २ अर्ब रुपैयाँँ तोक्ने बिषय उठान भएको छ,” स्रोतले सिंहदरबारसँग भन्यो, “समितिले तोकोको भन्दा बढी पुँजी पु¥याएका कम्पनीले पनि थप पुँजी वृद्धि गर्नु पर्ने हुन्छ, त्यो कतिले थप गर्ने समितिले तय गर्छ ।”

कम्पनीहरुको बीमा व्यवसाय जोखिम, लगानी जोखिमदेखि लिएर कम्पनीहरुले दिएको कर्जा जोखिम मुल्यांकन गरी समितिले प्रत्येक कम्पनीहरुलाई थप पुँजी वृद्धिको निर्देशन दिने स्रोतको भनाइ छ । जानकारी दिएको छ ।

समितिले जोखिममा आधारित पुँजी वृद्धिको अवधारण ल्याए नै हकप्रदमार्फत् पुँजी वृद्धि गर्न रोक लगाएको समिति स्रोतले जानकारी दियो । विश्व बैंकसँगको सहकर्य समाप्तपछि कम्पनीहरुसँग थप छलफल गरी ‘रिस्क बेस क्यापिटल’ कार्यविधि समितिले जारी गर्नेछ । जुन समितिको चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने कार्यक्रम हो । तर, कार्यविधि निर्माण भएर आगामी आवको पहिलो त्रैमाससम्म मात्र लागु गर्न सकिने स्रोतको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्