केपी ओलीको कटाक्षः कर नतिर्ने बिनोद चौधरीको पुँजी अग्रगमनको बाधक हो, हतोत्साहित गर्छाैं

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली पुनः उद्योगी बिनोद चौधरीमाथि खनिएका छन् । कुनै बेला ओलीका प्रिय व्यावसायीक पात्र रहेका चौधरी विरुद्ध ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमै कटाक्ष गरेका हुन् । प्रधानमन्त्री हुँदा ओलीले नै चौधरीको सीजी टेलिकमलाई लाइसेन्स दिनबाट रोकेका थिए भने नबिल बैंकमा एनबी इन्टरनेसनलको लगानीबारे अध्ययन गराएका थिए । चौधरीलाई तह लगाउने योजना सहित नै ओलीले सम्पति शुद्धिकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर छानविनको डण्डा चलाएको आरोप लागेको थियो । सत्तामा रहुञ्जेल चौधरीलाई दुःख मात्रै दिन चाहेका ओलीले प्रतिपक्षमा पुगेपछि पार्टीको केन्द्रिय कमिटी बैठकमा उनीविरूद्ध लामो भाषण गरेका हुन् । यद्यपी ओलीले आफ्नो भाषणमा चौधरीको नाम भने उच्चारण गरेनन् । ओलीले आफ्नो भाषणमा प्रश्न गरेका छन्, “विश्वमा धनीहरुको सूचिमा नाम लेखिएका ठूला उद्योगी व्यवसायी भनिएका घराना कर तिर्ने मामलामा एक नम्बर, दुई नम्बर, तीन नम्बर, चार नम्बर वा १० नम्बरसम्ममा पनि नाम किन हुँदैन ?” उनले प्रगतिशितल करको सामान्य सिद्धान्त अनुसार पनि धनीले धेरै कर तिर्नुपर्ने तर चौधरीले त्यस्तो नगरेको आरोप लगाए । “प्रगतिशिल करको हिसाबले पनि धनीलाई बढी कर लाग्नुपर्ने हो । धनी त बढी कर तिर्नुपर्ने मान्छे हुनुपर्ने हो नि । धनी झन् झन् धनी हुँदै गएको छ, धन थुप्रिँदै गएको छ, कर चाहीँ ? त्यस अनुसारको कर तिरेको त छैन,” … Continue reading केपी ओलीको कटाक्षः कर नतिर्ने बिनोद चौधरीको पुँजी अग्रगमनको बाधक हो, हतोत्साहित गर्छाैं