Shikhar Insurance

बीमा समितिले गर्यो आधा दर्जन कम्पनीमा स्थलगत निरिक्षण, उधारो बीमाको बिगबिगि

सिंहदरबार संवाददाता
२०७८ आश्विन १४, बिहीबार १२:४८
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले आधा दर्जन बीमा कम्पनीहरुमा स्थलगत सुपरिवेक्षण गरको छ । समितिले प्राप्त गुनासोका आधारमा यी कम्पनीहरुमा पुगेर नै निरिक्षण गरेको हो ।

स्थलगत निरिक्षणमा समितिले अधिकांश कम्पनीले उधारो बीमा गरेको भटेको समिति स्रोतले बताएको छ । साथै केही कम्पनीहरुले बीमा शुल्कमा मनोमानी र दावी भुक्तानीमा बदमासी समेत गरेको पाइएको स्रोतले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिले शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, आइएमइ जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा स्थलगत अनुगमन गरेको हो । समितिले पहिलो त्रैमास भित्रै आधाभन्दा बढी कम्पनीहरुमा स्थलगत निरिक्षण गर्ने लक्ष्य राखेको थियो । जसमध्ये बीमित र अन्य सरोकारवालाहरुबाट प्राप्त ग्नासोका आधारमा उल्लेखित कम्पनीहरुमा निरिक्षण सम्पन्न गरेको स्रोतको भनाइ छ ।

‘प्रायजसो कम्पनीहरुमा उधारो बीमाको विवरण भेटिएका छन्, निरिक्षण टोलीले बुझाएको प्रतिवेदनमा समितिले थप अध्ययन गर्छ,’ समिति स्रोतले सिंहदरबारसँग भन्यो,’ ‘त्यसमा कम्पनीहरुलाई पनि आफ्नो तर्फबाट स्पष्ट गर्ने समय दिइन्छ तर कम्पनीले दिएको कारणमा चित्ता नबुझेमा समितिले कारवाही गर्छ ।’

बीमा ऐन २०४९ को दफा २७ विपरित उधारो बीमा गर्ने वा बीमाशुल्क वापतको रकम बीमकले प्राप्त नगर्दासम्म बीमालेख जारी पाइन्दैन । गत असारमा पनि समितिले कम्पनीहरुलाई बीमा लेख बिक्री गरेपछि बैंक खातामा पैसा नआउँदासम्म बीमा लेख जारी नगर्न निर्देशन समेत दिएको थियो ।

समितिको निर्देशन विपरित उधारो बीमा गराउने कम्पनीहरुलाई कानुन बमोजिम कारवाही गर्ने स्रोत समितिले जनाएको छ ।
यस बाहेक समितिले कृषि बीमा सम्बन्धि समेत कम्पनीहरुमा स्थलगत अनुगमन गरिहेको छ । कृषि बीमा कम्पनीलाई समितिले जिल्लो नै तोकेर गर्न निर्देशन दिएको छ भने बार्षिक रुपमा बिक्री गर्ने कूल व्यवसायको कम्तीमा ५ प्रतिशत बीमा तथा पशुपन्छीको हुनुपर्ने निर्देशन समितिले गरेको छ । सो निर्देशनअनुसार कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा गरे नगरेको सम्बन्धमा अनुगमन गरिएको स्रोतले बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्