यी हुन् ठुला लगानीकर्ताः जसले बैंकबाट सेयर धितोमा अर्ब बढी ऋण लिएर बजारमा लगानी गरे

काठमाडौं । सेयर बजारमा ठुला लगानीकर्ता भनेर चिनिएकाले नै बैंकबाट अर्ब बढी कर्जा लिएर सेयर बजारमा लगानी गरेका छन् । बैंकबाट सेयर धितोमा आधा दर्जन लगानीकर्ताले अर्ब बढी कर्जा लिएर लगानी गरेको तथ्यांक सिंहदरबारले प्राप्त गरेको छ । सिंहदबारलाई प्राप्त विवरण अनुसार एक अर्ब रुपैयाँभन्दा बढी सेयर धितोमा कर्जा लिने ६ जना ऋणीहरु सेयर बजारका ठुला लगानीकर्ता नै हुन् । अर्ब बढी कर्जा लिने ऋणीहरुमा निर्मल प्रधान(सेयर बजारका बादशाह), मिनबहादुर गुरुङ्ग, स्नेहा खेतान, श्रवण कुमार गोलय, दिक्षान्त बाँनिया र रहिशा शाह श्रेष्ठ हुन् । यिनीहरुले विभिन्न बैंकहरुबाट गत असार मसान्तसम्म आफ्नो सेयर धितो राखी ७० प्रतिशतसम्म कर्जा लिएका हुन् । जसमा निर्मल प्रधानले १ अर्ब ९६ करोड, मिन बहादुर गुरुङ्गले १ अर्ब ५० करोड, दिक्षान्त बाँनियाँले १ अर्ब ३५ करोड, स्नेहा खेतानले १ अर्ब ३० करोड, श्रवण कुमार गोयलले १ अर्ब २३ करोड र रहिशा शाह श्रेष्ठले १ अर्ब रुपैयाँ सेयर धितो कर्जा लिएका हुन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् एक व्यक्तिले कुनै एक बैंकबाट ४ करोड रुपैयाँ र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्ममात्र सेयर धितोमा कर्जा लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले सीमाभन्दा बढी सेयर धितोमा कर्जा प्रवाह गरेको भए २०७९ असार मसान्तसम्म सीमा भित्र ल्याउनु पर्ने छ । सेयर धितो राखेर … Continue reading यी हुन् ठुला लगानीकर्ताः जसले बैंकबाट सेयर धितोमा अर्ब बढी ऋण लिएर बजारमा लगानी गरे