Shikhar Insurance

सम्बर्धन बचत तथा ऋण सहकारीको पहिलो वार्षिक समारोह सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार १३:४७
NIMB
Nabil Bank

काठमाडौं । सम्बर्धन बचत तथा ऋण सहकारी प्रथम बार्षिक समारोह सम्पन्न भएको छ । बागमति प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काको प्रमुख आतिथ्यमा वार्षिक समारोह सम्पन्न भएको हो ।

सो सहकारी संस्थाले नजिकिदै गएको दशै, दिपावली र छठ पर्वको अवसरमा मध्यबानेश्वरस्थित मोजो होटेलमा शनिबार एक कार्यक्रम गर्दै शुभकामना तथा बार्षिक समारोह कार्यक्रम सम्पन्न गरेको हो । उक्त समारोहकी प्रमुख अथिति बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्का र सम्बर्धन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेश कालिकोटेले संयुक्त रुपमा पानसमा बत्ति बाल्दै केक काटेर उद्घाटन गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

समारोहमा संस्थाले उत्कृट काम गर्ने बजार संगठनबाट गिता मगर, बजार शाखा बालाजुबाट सागर घिमिरे, सदस्य सेवा केन्द्रबाट सरिता कार्की, रचना कुुवर, रोशनी लामालयायतका केहीकर्मचारीको टिमलाई सम्मान गरेको थियो ।

साथै, संस्थाको सेयर खरिद गर्ने शेयरधनी सागर अधिकारी, सरोज बानिया, करण अधिकारी, शैलेन्द्र बाँनियालगायतको टिमलाई समेत मायाको चिनो र सेयर प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति रचना खड्काले प्रथम साधारण समारोहलाई सम्बोधन गर्दै आर्थिक क्रान्तीबाट नै परिवर्तन सम्भव भएकाले यो सहकारी संस्थाको सुरुवात गरेकोमा धन्यवाद व्यक्त गरिन् । मन्त्री खड्काले सबैंसँग हातेमाले गरेर अगाडि बढ्ने हौसला प्रदान गरिन् । ‘हाम्रो देशको अर्थतन्त्र तीन खम्बे अर्थनीतिमा आधारित रहेकोले सरकार, सहकारी संस्था र निजि अर्थतन्त्र भएकोले सहकारी र निजि अर्थतन्त्रमा धनी र हुने खानेको मात्र पहुच नभइ स्थानिय र ग्रामिण क्षेत्रमा पनि यसको पहुच पुराउनुपर्दछ’ मन्त्री खड्काले निर्देशन दिँदै भनिन् । सामान्य मानिसको पहुचमा पनि बित्तीय पहुँच पुराउन सहकारीले निकै ठुलो भुमिका खेल्ने भएकाले सहकारीको विकासका लागि प्रदेश सरकार जहिले पनि सकरात्मक हुने जनाइन ।

सम्बर्धन बचत तथा ऋण सहकारी संस्थाको प्रथम बार्षिक समारोहमा बोल्दै संस्थाका अध्यक्ष दिनेश कालिकोटेले सहकारीले एक बर्षको अवधिमा दुई करोड लगानी गरेको सहकारीले सेवा सुविधा चुस्त दुरुस्त बनाउनुका साथै शेयरर सदस्यको रकम सुरक्षित रहने बातावरण्को लागि दिगो योजना बनाई सधै शेयरधनीहरु संगसगै सहकार्य गर्दै अगाडि बढने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सेयरधनी, संचालक समितिका सदस्य र संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो । सम्बर्धन बचत तथा ऋण सहकारीले हाल तीन वटा शाखा कार्यालयबाट आफ्ना ग्राहकहरुलाई बित्तिय पहुँच पराउदै आइरहेको छ ।

संस्थाले काठमाडौंको न्यूरोडमा केन्द्रीय कार्यालय स्थापना गरी सो क्षेत्र र सेवाकेन्द्रमार्फत बालाजु लगायतका क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ । उक्त सहकारीले छोटो अवधीमा नै उल्लेख्य प्रगति गर्न सफल भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्