Shikhar Insurance

दर्जन बढी लघुवित्तको लाभांश रोक्का हुँदै, संस्थापक सेयरलाई पब्लिकमा ल्याउन संस्थालाई बाध्यता

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १९:१५
NIMB
Nabil Bank

काठमाडौं । संस्थापक सेयरलाई पब्लिकमा जारी गर्ने लघुवित्तको लाभांश राष्ट्र बैंकले रोक्ने भएका छ । बैंक तथा वित्त कम्पनीले लघुवित्त संस्थाको सेयरमा गरेको लगानी सीमा नल्याउँदा राष्ट्र बैंकले ती संस्थाको लाभांश रोक्का गर्ने भएको हो ।

राष्ट्र बैंकले उक्त निर्देशन असोज ६ गते नै दिएको हो । त्यसअघि नै केन्द्रीय बैंकले बैंक तथा वित्त कम्पनीहरुले लघुवित्त संस्थामा भएको कुल संस्थापक सेयरलाई २०७८ असार मसान्तसम्म ३० प्रतिशत पब्लिकमा बिक्री गर्न भनेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

जसअनुसार एक दर्जन बढी लघुवित्तका संस्थापक बैंकहरुले संस्थापक सेयर पब्लिकमा नपठाएको राष्ट्र बैंक स्रोतले बताएको छ । पुस मसान्तसम्म संस्थापक सेयर पब्लिकमा नपठाएका एक दर्जन बढी लघुवित्तको लाभांश प्रक्रिया नै स्थगित गरिएको स्रोतले जानकारी दिएको छ ।

‘न्यूनतम ३० प्रतिशत सेयर पब्लिकमा भएका कम्पनीलाई मात्र लाभांश वितरणको स्वीकृत दिन मिल्छ,’ राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो, ‘अहिलेसम्म हेर्दा केही संस्थाहरुलाई लाभांश रोक्का नै गर्नु पर्ने अवस्था देखिन्छ तर ती संस्थाले अघिल्लो आवको नाफाबाट भने लाभांश वितरण गर्न पाउँछन् ।’

साथै, क्रस होल्डिङ्ग भएका लघुवित्तहरुको पनि लाभांश रोक्का हुने स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैंकको व्यवस्थाअनुसार इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी मिल्छ ।

साथै, नेपाल सरकारको ५० प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका वित्तीय क्षेत्रसँग सम्बन्धित कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको हकमा यस बैंकको स्वीकृति लिई बढीमा २५ प्रतिशतको सीमा कायम हुने गरी एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामा संस्थापक सेयर लगानी गर्न पाउँछन् ।

बैंकले आफ्नो साहयक लघुवित्तमा भने ७० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । यसरी आफ्नो सहायक संस्था वा अन्य संस्थामा तोकिएकोभन्दा बढी सीमामा रहेर बैंकहरुले संस्थापक सेयर होल्ड गरेका दर्जन बढी लघुवित्तलाई राष्ट्र बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्न रोक्का गर्न लागेको हो ।

जसमा गत आवको नाफाबाट लगानीकर्तालाई लाभांश दिन बढी जसो सहायक संस्था भएका बैंकहरुले होल्ड गरेको ७० प्रतिशतभन्दा बढी संस्थापक सेयर घटाउनु राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘अहिले प्रायजसो लघुवित्तलाई गत आवको नाफाबाट लाभांश दिने रोक्का गरिएको छ भने संस्थापक सेयर तोकिएको सीमामा ल्याउने संस्थालाई बन्देज छैन,’ ती अधिकारीले भने, ‘पुस मसान्तसम्म साधारणसभा गरिसक्नु पर्ने हुन्छ, सो समयसम्म दर्जन लघुवित्तले गत आवको नाफाबाट लाभांश वितरण गर्न रोक्का हुने देखिन्छ ।’

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पारम्भिक वित्तीय वितरण पेश गर्नु पर्ने हुन्छ । सो बारेमा अध्ययन सम्बन्धित सुपरिवेक्षणले पास गरेपछि मात्र बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्न र राष्ट्र बैंकको स्वीकृतपछि साधारण सभाको मिति तय गरी लगानीकर्तामा वितरण गर्न पाउँछन् ।

यसरी राष्ट्र बैंकमा गत वर्षको वित्तीय विवरण पेश गर्ने लघुवित्तहरुमा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी संस्थापक सेयर बैंकहरुले होल्ड गरेको पाइएको हुँदा ती संस्थाको वित्तीय विवरणको निरिक्षण नै स्थगन गरिएको उनको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्