Shikhar Insurance

एलआइसी नेपालको बदमासी ! समितिको निर्देशन कुल्चेर गर्यो यस्तो कारोबार

एउटै अभिकर्तालाई १ अर्ब २३ करोडभन्दा बढी बिनाधितो ऋण
सिंहदरबार संवाददाता
२०७८ आश्विन २०, बुधबार १८:०९
NIMB
Nabil Bank

काठमाडौं । भारतबाट जीवन बीमा व्यवसाय गर्न आएको लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले नियम विपरित काम गरेको पाइएको छ । समितिको निर्देशनको अवज्ञा गर्दै कम्पनीले अभिकर्तालाई अर्ब बढी कर्जा दिएको हो ।

बीमा समितिले कम्पनीहरुले दिने अभिकर्ता कर्जालाई गैर कानुनी ठहर गरिसकेको छ । समितिले २०७७ वैशाख २ गते नै परिपत्र जारी गर्दै अभिकर्तालाई कर्जा दिन रोक लगाएको हो । दिइएको कर्जा समेत ३ महिना भित्र अभिकर्तालाई दिइएको कर्जा असुल गर्ने कम्पनीहरुलाई निर्देशन दिएको थियो । भने, कम्पनीहरुको आग्रहमा समितिले २०७८ असार मसान्तसम्म असुली गर्ने समय थप समितिले गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, समितिको निर्देशन आएपछि पनि कम्पनीले अभिकर्तालाई कर्जा दिएको तथ्य सिंहदरबारले प्राप्त गरेको छ ।

समितिले अभिकर्तालाई ‘कर्जा दिदैँ नदेउ र दिएको कर्जा समेत असुुल गर’ भनेर २०७७ वैशाखमै निर्देशन दिएको हो तर, कम्पनीले भने २०७७ पुस २८ गतेसम्म अभिकर्तालाई कर्जा दिएको बीमा समितिबाट सिंहदरबारलाई प्राप्त विवरणमा देखिन्छ ।

यतिमात्र नभएर कम्पनीले एकै जना अभिकर्तालाई पटक–पटक गरी अर्ब रुपैयाँ बढी कर्जा दिएको छ । कम्पनीका अभिकर्ता अन्जन भण्डारीले २०७७ फागुन मसान्तसम्म कुल १ अर्ब २३ करोड ५० लाख ५६ हजार ७९९ रुपैयाँ कर्जा लिएका हुन् ।

यो तथ्यांक समितिले उपलब्ध गराएको कम्पनीले फागुन मसान्तसम्म ‘टप २५’ ऋणी अभिकर्ताको सूचीअनुसार हो । उक्त विवरणमा कम्पनीको कुल ऋणी अभिकर्तामा समेत भण्डारीकै बाहुल्यता भएको समिति स्रोतले जानकारी दिएको छ ।

सबै बीमा कम्पनीलाईलाई एकमुष्ट रुपमा परिपत्र जारी गर्दै समितिले २०७७ वैशाखमै कर्जा नदिन र दिएको कर्जा असुल गर्न भनेको हो । तर, उक्त समयपछि समेत कम्पनीले पटक पटक अभिकर्तालाई कर्जा दिएको छ ।

समितिको निर्देशनपछि कम्पनीले २०७७ असार ३० र ३१ गते, साउन ५ गते, पुस १६ र २८ गते अभिकर्तालाई कर्जा दिएको छ ।

जसमा २०७७ असार ३० गते कम्पनीले अभिकर्ताहरु भरत दाहाललाई २ करोड ९ लाख ४६४ रुपैयाँ र पुस १६ गते १ करोड ८५ लाख ६९ हजार ६४ रुपैयाँ बिना धितो अग्रिम कमिसनस्वरुप बिना धितो कर्जा दिएको छ ।

यस्तै, अर्का अभिकर्ता अन्जन भण्डारीलाई असार ३१ गते १७ करोड ४६ लाख ६२ हजार ६४२ रुपैयाँ, साउन ५ गते २ करोड ८४ लाख २७ हजार ८७४ रुपैयाँ र पुस २८ गते १२ करोड १८ लाख ८ हजार ६०२ रुपैयाँ बिना धितो अग्रिम कमिसन स्वरुप बिना धितो कर्जा दिएको हो ।

सिंहदरबारले समितिबाट कम्पनीले कम्पनीले अभिकर्तालाई दिएको कर्जाको विवरण माग गरेको थियो । प्राप्त विवरण अनुसार गत असार मसान्तसम्म कम्पनीले ३ अर्ब ३८ करोड ५७ लाख ६५४ रुपैयाँ अभिकर्तालाई बिना धितो कर्जा दिएको छ । यद्यपि २०७७ फागुन मसान्तसम्म कम्पनीले ५ अर्ब ४१ करोड ६८ लाख ७२ हजार ८९० रुपैयाँ अभिकर्तालाई कर्जा दिएको थियो ।

यो पनि पढ्नुस् : अभिकर्ता फकाउन गैरकानुनी रुपमा बीमा कम्पनीले दिए अर्बौ ऋण, समितिको निर्देशनको ठाडो अवज्ञा !

एलआइसी नेपालका ‘टप २५’ अभिकर्ता ऋणी
कम्पनीले २०७७ फागुन मसान्तसम्म कुल ५ अर्ब ४१ करोड ६८ लाख ७२ हजार ८९० रुपैयाँ कर्जा अभिकर्तालाई दिएको छ । जसमध्ये सबैभन्दा बढी कर्जा लिने ‘टप २५’ ऋणी अभिकर्ता भने ३ जना मात्र छन् ।

जीवन बीमा क्षेत्रमा कम्पनीहरुको व्यवसाय विस्तार र वृद्धिमा अभिकर्ताको महत्वपूर्ण भुमिका हुन्छ । संस्थाको पोलिसी होल्डर बाहेक कर्मचारी हुँदामात्र कर्जा दिन पाउने व्यवस्था बीमा ऐनले गरेपनि कम्पनीहरुले अभिकर्ता खुसी पार्न कर्जा दिएका हुन् ।

यी ३ जना अभिकर्ताले २०७२ चैतदेखि २०७७ पुस २८ गतेसम्म १ अर्ब ३९ करोड ७६ लाख ५७ हजार २६० रुपैयाँ कर्जा लिएका हुन् । जुन कम्पनी सो अवधिमा अभिकर्तालाई दिएको कुल कर्जाको करिब २६ प्रतिशत हिस्सा हो ।

कम्पनीबाट अभिकर्ता अन्जन भण्डारीले मात्र १८ पटक १ अर्ब २३ करोड ५० लाख ५६ हजार ७९९ रुपैयाँ लिएका छन् । कम्पनीले सो अवधिमा अभिकर्तालाई दिएको कर्जा भण्डारीले लिएको कर्जाको हिस्सा नै करिब २३ प्रतिशत छ ।

भण्डारी बाहेक कम्पनीले अभिकर्तालाई दिएको ‘टप २५’ ऋणी अभिकर्तामा पुर्ण बहादुर खड्काले ४ पटक गरी ९ करोड ४७ लाख ३ हाजार रुपैयाँ र भरत दाहालले ३ पटक गरी ६ करोड ७८ लाख ९७ हजार रुपैयाँ कर्जा लिएका हुन् ।

 

‘टप २५’ अभिकर्ता ऋणीले कुन मितिमा कति लगे कर्जा ?

GBIME

प्रतिक्रिया दिनुहोस्