Shikhar Insurance

कृत्रिम निक्षेपः विकृति रोक्न राष्ट्र बैंकले थाल्यो गृहकार्य, ब्याजदरदेखि बैंक नै तोक्ने तयारी

सिंहदरबार संवाददाता
२०७८ आश्विन २१, बिहीबार १७:१७
NIMB
Nabil Bank

काठमाडौं । कृत्रिम निक्षेप देखाएर कारोबार गर्ने बैंकहरुलाई राष्ट्र बैंकले लगाम लगाउने तयारी गरेको छ । बैंकहरुले विदेशी मुद्रामा कृत्रिम निक्षेप देखाइ कारोबार गर्न थाले पछि केन्द्रीय बैंकले सोलाई नियमन गर्न लागेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ९० प्रतिशतको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लागू गरेको थियो । असोज १२ गतेसम्म १७ वटा वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशत माथि रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सीडी रेसियोमा बैंकहरुले निक्षेपमा ऋणपत्र, रिफाइनान्स र विदेशी मुद्रामा प्राप्त निक्षेपलाई समेत गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

सीडी रेसियो सीमाभन्दा बढी कटेका बैंकहरुले विदेशी मुद्रामा प्राप्त निक्षेपलाई कृत्रिम रुपमा बढाएपछि सर्कुलर जारी गर्न लागिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘विदेशी मुद्रामा प्राप्त निक्षेपलाई अर्को बैंकको मुद्दतिमा ब्याज पाउने गरी राख्न पाउने सुविधा बैंकहरुलाई छ,’ ती अधिकारीले सिंहदरबारसँग भने, ‘सो सुविधाको गलत अभ्यास गर्दै एक बैंकले कुल निक्षेपमा गणना गरिसकेको विदेशी मुद्राको निक्षेपले अन्य बैंकहरुले समेत लिएर गणनाा गरी सीडी कायम गरेको पाइएको छ ।’

एक बैंकले प्राप्त गरेको विदेशी मुद्राको निक्षेपलाई सोही बैंकले नै कुल निक्षेपमा गणना गरी सीडी रेसियो कायम गरिसकेको हुँदा अर्को दोस्रो बैंकहरुले यस्तो निक्षेप प्राप्त गरेपनि कुल निक्षेपमा गणना गर्न नमिल्ने उनको भनाइ छ ।

‘एउटा बैंकले पाएको विदेशी मुद्राको निक्षेप ३/४ वटा बैंकहरुले पनि गणना गरी कृत्रिम निक्षेप सिर्जना गरेको पाइएपछि त्यसलाई रोक्न के गर्न सकिन्छ अध्ययन शुरु गरिएको छ,’ ती अधिकारीले भने, ‘बैंकहरुले यस्तो काम नियमवस गरेको पाइएमा त्यसलाई लगाम लगाउन सकुर्लर जारी हुन्छ । सकुर्लरमार्फत् यस्तो विदेशी मुद्रामा प्राप्त निक्षेपलाई कति ब्याजदर, कति समयको लागि कति वटा बैंकमा राख्न मिल्छ भनेर तोक्ने विषय उठान भएको छ ।’

हाल बैंकहरुमा मौज्दात विदेशी मुद्राको निक्षेप र अन्य निक्षेपको विवरणका माग गरिएको उनले जानकारी दिए । साथै, सो निक्षेपको स्रोतमा समेत राष्ट्र बैंकले अध्ययन गरिरहेको उनको भनाइ छ ।

‘केही बैंकहरुको मात्र बद्मासी भएमा सकुर्लर नै ल्याउनु पर्ने आवश्यकता हुँदैन, मौखिक वा लिखित रुपमा नै बैंकहरुलाई स्पष्टिकरण सोध्ने र सुधारको निर्देशन दिने काम हुन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तर यस्तो कृत्रिम निक्षेपमा विकृति नै आएको पाइएमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा वा सोभन्दा अगावै पनि परिपत्र जारी हुन्छ ।’

राष्ट्र बैंकले यसअघि नै बैंकहरुलाई बोलाएर यस्तो प्रकारको कृत्रिम निक्षेपबारे मौखिक रुपमा सम्झाएपछि हाल विदेशी मुद्राको निक्षेप घटेको उनले जानकारी दिए । केही दिनको बैंकहरुले गर्ने कारोबारको व्यवहार मुल्यांकन तथा अध्य विभिद् पक्षको अध्ययन गरी राष्ट्र बैंकले विदेशी मुद्राको क्रतिम निक्षेपबारे आधिकारीक निर्णय सार्वजनिक गर्ने स्रोतको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्