Shikhar Insurance

टाटा समुहले ८९ वर्ष अघि २ लाखमा स्थापना गरेको एअर इण्डिया १८००० करोडमा किन्यो

सिंहदरबार संवाददाता
२०७८ आश्विन २३, शनिबार १९:२८
NIMB
Nabil Bank

नुनदेखि सफ्टवेयरसम्मको व्यवसाय गरिरहेको टाटा समुहले ऋणमा डुबेको सरकारी एअरलाइन्स कम्पनी एअर इण्डियाको शतप्रतिशत सेयर १८, ००० करोड भारुमा खरिद गरेको छ ।

इन्भेष्टमेन्ट एण्ड पब्लिक एसेट मेनेजेमेन्ट विभागका सचिव तुहिन कान्त पाण्डेयले टाटा सन्सको कम्पनी टैलेस प्राइभेट लिमिटेडले एअर इण्डिया खरिदका लागि १८, ००० करोडको बोली लगाएको थियो र उसैले कम्पनी खरिद गर्ने अवसर पाएको हो । जबकी एअर इण्डिया खरिदका लागि सात कम्पनीले आवेदन दिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

पाण्डेयका अनुसार सन २०२१ को डिसेम्बर भित्र खरिद प्रक्रिया सम्पन्न हुनेछ । एअर इण्डिया किनेपछि टाटाले १५, ३०० करोड रुपैयाँ बराबरको ऋण्को जिम्मा लिनेछ । बाँकी रकम भने उसले सरकारलाई नगदमा भुक्तानी गर्नेछ ।

टाटाको विमान क्षेत्रको कम्पनी विस्तारामा ५१ प्रतिशत लगानी(४९ प्रतिशत सिंगापुर एअर लाइन्स)को छ र एअर एसियाको ८४ प्रतिशत हिस्सा छ ।

रतन टाटाले के भने ?
टाटा सन्सका चेयरमेन रतन टाटाले एअर इण्डियाको ‘घर फिर्ती’लाई स्वागत भनेका छन् । उनले एअर इण्डिया खरिदका लागि जति मेहनत गरियो त्यो भन्दा बढि मेहनत पुनः एअर इण्डियालाई खडा गर्न लगाउनुपर्ने बताएका छन् ।

एअर इण्डिया आकर्षक किन थियो ?
घाटामा सञ्चालन भैरहेको भए पनि एअर इण्डियासँग थुप्रै अचल सम्पति छ । लण्डनको हिथ्रो विमानस्थलमा कम्पनीका आफ्नै स्लट छ । १३० विमानको साथ र हजारौं व्यवसायीक पाइलटहरु कम्पनीसँग छन् । टाटा समुहले किन्ने वित्तिकै अब भारतको हवाई अड्डाहरुमा ४४ सय घरेलु स्लट र १८ सय अन्तराष्ट्रिय ल्याण्डिङ तथा पार्किङ स्लट र विदेशमा ९ सय स्लट प्राप्त हुनेछ ।

त्यस बाहेक एअर इण्डियासँग करोडौं डलरको रियल स्टेट छ । नागरिक उड्डयन मन्त्रालयका अनुसार गत वर्षको मार्चमा गरिएको मूल्यांकनमा ६ अर्ब डलरको त्यस्तो सम्पति छ । एअर इण्डियासँग ४० हजार कलाकृतिको कलेक्सन छ जसमा स्पेनिश कलाकार साल्वाडोर डालीले उपहार दिएको एस्ट्रे पनि सामेल छ । भारतको हवाई क्षेत्र वर्षेनी २० प्रतिशतले बढिरहेको छ । यसले पनि टाटाका लागि अब एअर इण्डिया मार्फत व्यवसायीक सफलता पाउने सम्भावना छ ।

टाटा एअर लाइन्स कसरी बनेको थियो एअर इण्डिया ?
सन १९३२ मा एअर इण्डियाको जन्म भएको थियो । उतिबेला उद्योगपति जेआरडी टाटाले यसको स्थापना गरेका थिए र यसको नाम टाटा एअर लाइन्स थियो ।

सुरुमा टाटा एअरलाइन्ससँग दुई वटा जहाज मात्रै थिए त्यो सिंगल इञ्जिनका । सन १९३३ मा टाटा एअर लाइन्सले पहिलो व्यवसायीक उडान भरेको थियो । यो कम्पनी प्रारम्भमा दुई लाखमा स्थापना भएको थियो जसले सोही वर्ष १५५ यात्रु र ११ टन डाँक ढुवानी गरेको थियो ।

दोश्रो विश्वयुद्ध सकिएपछि सन १९४६ जुलाई २९ तारिखका दिन टाटा एअर लाइन्स पब्लिक लिमिटेड कम्पनी बन्यो र एअर इण्डिया नामाकरण गरियो ।

सन १९४७ सालमा भारत सरकारले एअर इण्डियाको ४९ प्रतिशत सेयर लियो । सन १९५३ मा सरकारले एअर इण्डियाको सम्पूर्ण स्वामित्व ग्रहण गरेको थियो ।-बीबीसी हिन्दीबाट

GBIME

प्रतिक्रिया दिनुहोस्