Shikhar Insurance

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार १२:५१
NIMB
Nabil Bank

काठमाडौं । युनिलिभर नेपालको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले नगद लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि २५ असोजदेखि ११ कात्तिकसम्म बुक क्लोज गर्नेछ।

नेप्सेमा आइतबारसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले गत आर्थिक वर्षको फाइदाबाट प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको छ । कम्पनीले ११ कात्तिकमा २८ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामा लाभांश वितरणको प्रस्तावसहित आर्थिक वर्ष ०७७–७८ को नाफा नोक्सान, नगद प्रवाहमा छलफल गर्ने प्रस्ताव रहेको छ । यसका साथै, कम्पनीको  परियोजनाहरुको खर्चहरू पारित गर्ने, निर्देशक नियुक्त गर्नेलगायतका एजेन्डा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्