Shikhar Insurance

डिजेल अभावमा ऊर्जा उत्पादन केन्द्र बन्द हुँदा लेबनानमा ‘ब्ल्याक आउट’

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार १३:०३
NIMB
Nabil Bank

एजेन्सी । संकटग्रस्त लेबनानमा दुई मुख्य ऊर्जा उत्पादन केन्द्र बन्द हुँदा देशभर विद्युत आपूर्ति बन्द भएको छ । डिजेल अभावमा शनिबार देशका दुई मुख्य ऊर्जा केन्द्र देयर अमार र जाहार्नी बन्द भएका थिए ।

विद्युत सेवा बन्द हुँदा उत्तरी अकर प्रान्तस्थित सरकारी निकायको विद्युत निकाय इलेक्ट्रिसाईट डु लिबान (इडीएल) विरुद्ध सर्वसाधरणले प्रदर्शन गरेका थिए । विद्युत अभावका कारण पानीको आपूर्ति रोकिँदा आक्राेशित बनेका स्थानीयले त्रिपोलीमा सडक अवरुद्ध गर्नुका साथै टायर बालेर आगो लगाए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘लेबनानमा इन्धनको निकै अभाव छ । तसर्थ, बारम्बार ऊर्जा उत्पादन केन्द्र बन्द हुन थालेका छन,’ अमेरिकी युनिभर्सिटी अफ बेरूतका ऊर्जा वैज्ञानिक मार्क आयोब भन्छन् । उत्पादन कम हुँदा पछिल्लो दुई सातामा देशमा १६ पटक लामो समय विद्युत अबरुद्ध भएको उनको भनाइ छ । इडीएलले २०० मेगावाट भन्दा न्यून विद्युत उत्पादन गर्दै आएको छ ।

भण्डारण गरिएका डिपोबाट डिजेल झिकेर विद्युत निकाल्न शनिबार प्रभावित क्षेत्रमा केही सरकारी अधिकारी खटिएका थिए । ऊर्जा केन्द्रको क्षमता ५०० मेगावाट पुर्‍याउन छिमेकी देशबाट तेल निर्यात गर्न लागिएको इडीएलले एक विज्ञप्तिमा जनाएको छ । तेल निर्यात गर्ने बारेमा लेबनाले अर्को महिना इराकसँग वार्ता गर्ने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्