Shikhar Insurance

नयाँ सर्कुलर जारी गर्दै राष्ट्र बैंक, सेयर धितो कर्जाको सीमा परिमार्जन हुन लागेको हो ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार १९:०९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७७ को संसोधन तथा परिमार्जन तथा थप व्यवस्था गर्ने भएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा केही गलत अभ्यास भएपछि केन्द्रीय बैंकले परिपत्रमार्फत् नियमन गर्न लागेको हो ।

राष्ट्र बैंकले जारी गर्ने नयाँ सर्कुलरमा चालु आर्थिक वर्षको मौद्रिक नीतिले सम्बोधन गरेकै बुँदालाई कार्यान्वयनको निर्देशन आउने राष्ट्र बैंक स्रोतको भनाइ छ । तर, अर्थमन्त्री जनार्दन शर्माले पटक/पटक सेयर धितो कर्जामा लगाइएको नयाँ नीतिलाई परिमार्जन गर्न सुझाइ रहेको हुँदा सोमा केही हेरफेर गरिएको स्रोत भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

स्रोतका अनुसार गर्भनर महाप्रसाद अधिकारीले हस्ताक्षण गरी स्वीकृति गरेमा सम्ववतः असोज २५ गतेनै नयाँ सर्कुलर जारी हुनेछ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् एउटा व्यक्ति वा कम्पनीले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र कुल १२ करोडभन्दा बढी कर्जा लिन नपाउने व्यवस्था थियो ।

तर, सो सीमाले गर्दा मारमा परेको भन्दै लगानीकर्ताहरूको एउटा समुह आन्दोलनरत छ भने अरूहरूले बिरोध गरिरहेका छन् । उनीहरू समय समयमा अर्थमन्त्री कहाँ सीमा संशोधनको माग गर्दै पुग्ने गरेका समेत छन् ।

अर्थमन्त्री शर्माले पनि पछिल्लो समय सेयर लगानीकर्ता संघ नेपालसँगको भेटघाटमा ४ र १२ करोडको सिमा २ वर्ष भित्र समायोजन गर्ने व्यवस्था मिलाउने आश्वासन दिइरहेका छन् । साथै, सीडी रेसियो अन्य सरोकारवाला पक्ष सँगको सर–सल्लाहमा पुनरावलोकन गर्न सकिने र बजारमा नकारात्मक प्रभाव परेमा तत्काल त्यस बुदाँलाई सच्याउन सधै तयार भएको दाबी गरेको संघका पदाधिकारीहरुले विज्ञाप्ती नै जारी गरेका थिए ।

पछिल्लो पटक अर्थमन्त्री कै सुझावमा राष्ट्र बैंकले नयाँ सर्कुलर जारी गर्न लागेको अनुमान गर्न सकिन्छ । मन्त्री शर्माले पटक पटक आफ्नो सचिवालयमा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरद्वय लगायत विभागीय प्रमुखलाई बोलाएर छलफल गरिहेका छन् । यस्तो परिपाटीले गर्दा पनि अर्थमन्त्री शर्माको सुझाव प्रभावित नै नयाँ सर्कुलर राष्ट्र बैंकले जारी गर्न सक्ने सम्भावना बढी देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्