Shikhar Insurance

प्रयोजन नखुलाएमा ५० लाख रुपैयाँमात्र कर्जा पाइने, खर्च नखुलाएमा सेयर धितोकर्जा पनि ५० लाख मात्रै

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १२:०२
NIMB
Nabil Bank

काठमाडौं । अब बैंक तथा वित्त कम्पनीले प्रयोजन नखुलाइ माग भएका व्यक्तिगत कर्जा ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्न पाउने भएका छन् । भने, सेयर धितोमा समेत कर्जा कहाँ खर्च गर्ने नखुलाए ५० लाख रुपैयाँमात्र कर्जा दिन राष्ट्र बैंकले निर्देशन दिइसकेको छ ।

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७७ लाई संशोधन/परिमार्जन थप व्यवस्था गर्दै सो परिपत्र जारी गरेको हो । यसअघि नै राष्ट्र बैंकले निश्चित प्रयोजन नखुलेका ओभर ड्राफ्ट, सवारी धितो, सम्पत्ति धितो, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिएको कर्जा लगायत जुनसुकै शीर्षकका व्यक्तिगत कर्जाहरु प्रति ५० लाख रुपैयाँमात्र कर्जा दिन निर्देशन दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, मुद्दती निक्षेप रसिद, सुन चाँदी र नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा शत प्रतिशतसम्म बैंकहरुले कर्जा प्रवाह गर्न पाउने व्यवस्था थियो । तर, जारी निर्देशनअनुसार अब बैंक तथा वित्त कम्पनीले उल्लेखित धितोमा समेत प्रयोजन नखुलाएमा ५० लाख रुपैयाँमात्र कर्जा दिन बैंक तथा वित्त कम्पनीलाई निर्देशन दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्