Shikhar Insurance

घरजग्गा खरिद गर्न बैंकले दिने ऋण घट्यो, मुल्यांकनको ४० प्रतिशतमात्र पाइने

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १२:४६
NIMB
Nabil Bank

काठमाडौं । घर जग्गा खरिद गर्दा बैंकबाट पाउने कर्जा घट्ने भएको छ । राष्ट्र बैंकले घरजग्गा धितोमा कर्जा प्रवाह गर्न ‘लोन टु भ्याल्यु रेसियो’ घटाएसँगै कर्जाको परिमाण घट्ने भएको हो ।

एकिकृत निर्देशन, २०७७ लाई संसोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै राष्ट्र बैंकले घर जग्गा धितो सुरक्षण र ‘फेयर मोर्कट भ्याल्यु’ बीचको अनुपात ‘लोन टु भ्याल्यु रेसियो’ घटाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि यस्तो अनुपात उपत्यका बाहिरको लागि ६० प्रतिशत र भित्रका लागि ५० प्रतिशत तोकिएको थिाये । जसलाई राष्ट्र बैंकले उपत्यका बाहिरको लागि ५० प्रतिशत र भित्रका लागि ४० प्रतिशत कायम गरेका छ ।

जारी निर्देशनमा भनिएको छ–‘घर/जग्गा धितो राखी यस्तो कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणका  (Fair Market Value) बीचको अनुपात (Loan to Value Ratio)  काठमाडौं उपत्यकाभित्र बढीमा ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नु पर्नेछ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्