Shikhar Insurance

अफर र उपहार दिएर निक्षेप संकलन र व्यवसाय विस्तार गर्ने बैंकका योजनामा राष्ट्र बैंकको कैंची

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १६:३१
NIMB
Nabil Bank

काठमाडौं । प्रणालीमा लगानी योग्य रकम (तरलता) अभाव हुँदै गएपछि समय बैंकहरुले स्रोत संकलनमा अनेकौं उपया लगाउन थालेका छन् । कर्जा प्रवाह गर्नपनि उनीहरूले विभिन्न स्किम ल्याएर ग्राहकलाई आर्कषित गर्छन् । तर, राष्ट्र बैंकले यस्तो उपायमा कैंची चलाएको छ ।

केन्द्रीय बैंकले सोमबार एकिकृत निर्देशन, २०७७ मा संसोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै निक्षेप संकलनका वा व्यवसाय विस्तारका लागि तेस्रो बाटो रोक्न बन्देज लगाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

जसअनुसार अब बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई उपहार, चिठ्ठा लगायतका कार्यक्रम सञ्चालन गर्न पाउँदैनन् ।

निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई कुनै पनि किसिमको उपहार/चिठ्ठा/प्रतियोगिता/पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन भनेर जारी निर्देशनमा भनिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्