Shikhar Insurance

दर्जन बैंकका कर्मचारीले पाएनन् दसैंमा बिदा, यी हुन् खुला हुने बैंकहरु

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १७:२८
NIMB
Nabil Bank

काठमाडौं । नेपालीको महान चाड बडा दसैंमा सरकारले सार्वजनिक बिदा दिएको छ । तर, दर्जन बैंकहरुका कर्मचारीले भने दसैंमा पनि बिदा नपाउने भएका छन् ।

दसैको बिदामा व्यवस्थापनले शाखा कार्यालय तथा एक्स्टेन्सन काउण्टर सञ्चालन गर्ने भएसँगै बैकरको दसैं बिदा कटौती भएको हो । फूलपातीदेखि एकादशीसम्म कर्मचारीलाई बिदा दिन राष्ट्र बैंकले समेत यसअघि नै भनिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गृहमन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनाको आधारमा राष्ट्र बैंकले देशभरका बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकका कार्यालयहरू र राष्ट्र बैंकको नियमनमा रहेका सम्पूर्ण संस्थाहरू समेतमा हुने बिदा तथा कार्यसमय तोकेको थियो ।

नेपालीको महान् चाड दसैंमा असोज २६ गतेदेखि ३० गतेसम्म सार्वजनिक बिदा छ । तर, ११ वाणिज्य बैंक र १ वटा विकास बैंकले भने ग्राहकलाई ध्यानमा राखेर विभिन्न शाखाका काउन्टर खुला राख्ने भएका छन् ।

ग्राहकको सुविधासँगै कर्मचारीको सहुलियतलाई समेत ध्यानमा राखेर दसैंको बिदामा पनि बैंकहरु खुल्ला गर्न लागिएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए ।

‘दसैं बिदाका सबै दिन एउटै शाखा वा काउण्टर खुल्ला हुँदैनन्, आलोपालो गरेर दिनको ३ घण्टामात्र कार्यालय खुला हुन्छ,’ अध्यक्ष दाहालले सिंहदरबारसँग भने, ‘कर्मचारीलाई पनि दसैं बिदामा कामको चाप नपरोस् भनेर त्यही अनुसारको शाखा सञ्चालन हुने सूची बनाइएको छ । शाखासँगै कर्मचारी पनि आलोपालो गरेर बैंक जान्छन् तर दसैं बिदा मनाउन बसेका कर्मचारीलाई पनि केही जिम्मेवारी थपियो ।’

दसैंको समयमा सञ्चालनमा आउने शाखा कार्यालयबाट भने ग्राहकले निक्षेप राख्ने, झिक्ने, खाता खोल्ने र रेमिट्यान्सको कारोबारको मात्र सुविधा पाउने उनको भनाइ छ ।

बैंकहरुले आलोपालोमै भएपनि शाखा सञ्चालन गरेर ग्राहकलाई सेवा दिनु पर्दा बिदामा कार्य क्षेत्रबाट टाडा जानते योजना बनाएका बैंकरहरु भने निरास हुनु परेको हो ।

बैंकहरुले आफ्नो आधिकारिक वेबसाइटमा राखेको सुचना अनुसार दसैंको बिदामा पनि सानिमा, हिमालयन, एनआइसी एशिया, सिटिजन्स, सिभिल र मेगा बैंकले शाखा कार्यालय सञ्चालन गरी ग्राहकलाई सेवा दिने भएका छन् । यसैगरी नेपाल इन्भेष्टमेण्ट बैंक, एनएमबि बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र मुक्तिनाथ विकास बैंकको शाखा पनि दसैं बिदामा खुल्लै रहन्छन् ।

स्थानीय तहबाटै दसैंको बिदामा पनि बैंकका शाखा खुला राख्न माग आएको हुँदा शाखा सञ्चालन गर्न लागिएको मुक्तिनाथ विकास बैंकका सीईओ समेत रहेका डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले बताए ।

यी हुन् खुला रहने बैंकहरू, कुन कुन शाखा खुल्छन् ?

 

GBIME

प्रतिक्रिया दिनुहोस्