Shikhar Insurance

नयाँ नोट हातमा परेपछि फोहोर नगर्नु है ! जरिवाना सहित जेल पनि पर्नु होला

सिंहदरबार संवाददाता
२०७८ आश्विन २८, बिहीबार ०७:५१
NIMB
Nabil Bank

काठमाडौं । नेपालीहरुले मनाउने हरेक चाडपर्वलाई नयाँ नोटले थप रौनक थपेको हुन्छ । विषेश गरी हिन्दुरूको महान चाड वडा दसैंमा दक्षिणामा दिने होस् वा पुजामा नयाँ नोट नै प्रयोग गरिन्छ ।

यसरी प्रयोगमा ल्याएका नोटको सुरक्षणको लागि भने प्रायजसोः त्यति धेरै सचेत भएको पाइँदैन । नोटमा लेख्ने, च्यात्ने, स्टिच लगाउने, जलाउने, फोहोर गर्नाले आयुभन्दा पहिले नै नोट चलनचल्तीमा ल्याउन नमिल्ने हुन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले नोट सुरक्षणको लागि सफानोट नीति पनि ल्याइसकेको छ । यदी नियतवस कोही कसैले सफा नोट नीतिको विरुद्धमा गएर नोटको प्रयोग गरे जरिवाना सहित जेलसम्मको सजाय तोकिएको छ ।

राज्यको ढुकुटीबाट वार्षिक ३ अर्ब रुपैयाँ भन्दा बढी नयाँ नोट छपाइको लागि खर्च हुन्छ । राज्यको सम्पत्तिको जर्गोना गर्ने सबैको कर्तव्य हो । नोटको सुरक्षण गर्नु सबै नागरिकको कर्तव्य भएको कराणले गर्दा आफ्नो कर्तव्य विमुख भई नोट बिगारेमा जेल सजायसम्म हुने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले बताउँछन् ।

‘नोट फोहोर गर्दा, नोटमा केरेमेट गर्दा, नोट च्यातेको र पोलेको प्रहरीले भेटेमा वा कहीँ कतैबाट उजुरी आएमा उनीहरुलाई तोकिएको कानुनी कारवाही हुन्छ,’ कार्यकारी निर्देशक नेपालले सिंहदरबारसँग भने, ‘हामीले नै कर तिरेको पैसा राज्यको ढुकुटीमा जम्मा भएको हुन्छ र सोहीबाटै नोट छपाइमा खर्च हुन्छ । हामी सबैको दायित्व हो नोटको सुरक्षण गर्नु ।’

राष्ट्र बैंकले सफा नोट नीति ल्याएसँगै सोको पालना नगर्नेलाई कानुन बमोजिम कारवाही हुँदै आएको उनको भनाइ छ । नयाँ नोट मात्र नभएर हामीले प्रचलनमा लयाउने नोटहरु पनि जतन गर्नु पर्ने उनको भनाइ छ ।

हिन्दु परम्परामा नोटमा टिका अबिर जमरासँगै राखेर दिने चलन छ । यसरी दिनुभन्दा सकेसम्म खाममाराखेर दक्षिणा दिन उनको आग्रह छ । सकेसम्म सहजताअनुसार डिजिटल दक्षिणा प्रयोगमा ल्याउँदा सबैलाई सजिलो हुने उनको भनाइ छ ।

फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन–२०७४ को मुद्रासम्बन्धी कसुर महलको दफा २ सय ६३ को उपदफा १ र २ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा नोटमा लेख्न नहुने उल्लेख गरिएको छ । सो ऐन अनुसार अधिकार प्राप्त अधिकारीको आदेशबिना कसैले पनि मुद्राको रूपमा ग्राह्य भएको बैंक नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन भन्ने उल्लेख गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्