Shikhar Insurance

विदेशमा मुद्रित नोट बोक्छौं हामी, कुन नोट छाप्न कति खर्च लाग्छ ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन २७, बुधबार १०:३०
NIMB
Nabil Bank

काठमाडौं । हाम्रो हातमा भएका नोट नेपालमा छपाइ हुँदैन । नेपाल राष्ट्र बैंकले भविष्यमा आवश्यक पर्ने नोटको अनुमानित माग अनुसार नोट छपाइ विदेशी कम्पनीहरुमार्फत् गर्छ ।

राष्ट्र बैंकले हाल ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट मात्र छपाइ गरि चलन चल्तीमा ल्याएको छ । यी नोट फ्रान्स, चीन, इन्डोनेसिया र बेल्जियममा छापिन्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आवश्यक मागको अनुमानमा राष्ट्र बैंकले बोलकबोल आह्वान गर्छ भने सोमा इच्छुक कम्पनीले बोलपत्र पेश गर्छन् ।

प्रक्रिया सुरु भएर नोट छपाइ भइ नेपालसम्म आइपुग्न करिब १ वर्ष समय लाग्छ । टेन्डर लिएका कम्पनीहरुले भारतको कलकत्तासम्म नयाँ नोट ल्याइदिन्छ भने, त्यहाँबाट राष्ट्र बैंकले थप खर्च गरेर नेपाल भित्र्याउँछ ।

उल्लेखित दरका नोट छपाइमा न्यूनतम १ रुपैयाँ ६८ पैसादेखि ४ रुपैयाँ ६८ पैसासम्म खर्च हुन्छ । साथै, यातायात खर्च समेत गर्दा प्रति नोटमा थप २० पैसा खर्च हुन्छ । वार्षिक नोट छपाइमा राष्ट्र बैंकले साढे २ अर्ब रुपैयाँदेखि ३ अर्ब रुपैयाँसम्म खर्च गर्दै आएको छ ।

कुन दरका नोटमा कति खर्च ?
५ रुपैयाँ दरका नोट छपाइ गर्दा १ रुपैयाँ ६८ पैसा, १० रुपैयाँ दरका नोट १ रुपैयाँ ४० पैसा, २० रुपैयाँ दरका नोट छपाइ गर्दा १ रुपैयाँ ७३ पैसा, ५० रुपैयाँलाई २ रुपैयाँ ६७ पैसा १०० दरका नोटलाई २ रुपैयाँ ९९ पैसा छपाइ खर्च लाग्छ ।

यस्तै ठुलादरका नोटहरु ५ सय दरको नोट ४ रुपैयाँ ६८ पैसामा र १००० दरका नोट छपाइमा ३ रुपैयाँ ३७ पैसा खर्च हुन्छ ।

नयाँ नोट सुरक्षण फिर्चसका कारण ५ सय दरका नोटमा लाग्ने खर्च हजारको भन्दा बढी पर्न थालेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले जानकारी दिए । यी नोटको छपाइ खर्च पछि थप ह्याडिल खर्च १५ देखि २० पैसा थप खर्च हुने उनको भनाइ छ ।

जति ठुलो परिमाणमा नोट छपाइ गर्यो त्यति नै खर्च कम लाग्ने नेपाल बताउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्