Shikhar Insurance

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा, रचियो ईतिहास

सिंहदरबार संवाददाता
२०७८ आश्विन २७, बुधबार १८:४७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । अन्तिम खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल इतिहासमै पहिलोपल्ट फाइनल पुगेको हो ।

नेपालले खेलको ९ मिनेटमै गोल खाएको थियो । खेलको १ मिनेट बाँकी छँदा अन्जन बिष्टले पेनाल्टीमा गोल गरेपछि नेपालले बराबरी गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बंगलादेशका किपर सीधा रातो कार्ड खाँदै बाहिरिएपछि बंगलादेश १० खेलाडीमा सिमित भएको थियो ।

राउन्ड रोविनको १ खेल बाँकी (भारत र माल्दिभ्सको खेल राती पौन १० बजे हुने) छँदा नेपालले २ जीत र १ बराबरी गर्दै ७ अंक जोडेको छ । नेपाल शीर्षमा छ ।

अन्तिम खेल भारतले जिते नेपालले फाइनलमा भारतसँग नत्र माल्दिभ्ससँग खेल्नेछ ।

नेपाली टोलीको सुरुवाती एघारमा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आक्रामक टिम खेलाएका थिए । नेपालले आक्रामक खेल खेलेपनि बंगलादेशी खेलाडीले फ्रिकिकमा आएको हेडमार्फत् गोल गरेका थिए ।

यसअघि भारतविरुद्ध रक्षात्मक खेल खेल्दै पराजित भएपछि दबाबमा आएका अब्दुल्लाहले बंगलादेशविरुद्ध आक्रामक रणनीति लिएका थिए ।

सन् १९९३ बाट सुरु भएको साफको १३औं संस्करण आइपुग्दा नेपाल हालसम्म फाइनल पुग्न सकेको थिएन ।

GBIME

प्रतिक्रिया दिनुहोस्