Shikhar Insurance

अध्ययन भन्छः श्रीमानले भन्दा बढी श्रीमतीले कमाउँछन्

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३०, शनिबार १०:१३
NIMB
Nabil Bank

नयाँ दिल्ली । श्रीमान र श्रीमतीको आम्दानीमा विश्वभर गहिरो भिन्नता देखिएको छ । विश्व्यापी रुपमा गरिएको एउटा बृहत अध्ययनले यस्तो देखाएको हो । चार दशक अर्थात सन् १९७३ देखि सन् २०१६ सम्म ४५ देशका दम्पत्तिमा गरिएका सो अध्ययनमा श्रीमानको तुलनामा श्रीमतीले थोरै आय आर्जन गर्ने देखाइएको हो ।

वेंग्लोरस्थित सेन्टर फर पब्लिक पोलिसीका प्राध्यापक हेमा स्वामीनाथन र प्राध्यापक दीपक मलघानले विभिन्न देशका १८ देखि ६५ वर्ष उमेर समूहका २८ लाख ५० हजार मानिसको अध्ययन गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

गैर नाफामुखी संस्था लक्जम्वर्ग इन्कम स्टडी (एलआईएस) ले तथ्यांक संकलन गरेको थियो । परम्परागत गरिबीलाई अनुमान गरेर गृहस्थीलाई इकाइमा गणना गरिएको थियो ।

‘गृहस्थीभित्र दम्पत्तिलले कमाएको आम्दानी समान वितरण गरिएको मानिन्छ । तर, सबैभन्दा ठूलो असमानता हुने स्थान गृहस्थी जीवन हो’, प्राध्यापक स्वामीले भने ।

प्रतिवदेनले गृहस्थीलाई एउटा ब्ल्याक बक्सको रुपमा ब्याख्या गरेको छ ।

भारतको श्रम क्षेत्रमा लैंगिक बिभेद छ । सामान्यतया कार्यक्षेत्रमा महिलाको संख्या न्युन छ । त्यस्तै फूलटाइम काम गर्ने महिलाको संख्या पनि नगण्य छ ।

अनुसन्धानकर्ताहरुका अनुसार विश्वभर धनी वा गरिब सबै गृहस्थीमा लैंगिक असमानता छ । पुरुषले जत्तिकै कमाउने महिलाको हकमा पनि यस्तो असमानता देखिएको उनीहरुको निस्कर्ष छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्