Shikhar Insurance

यी बेलायती सांसदको दिनदाहडै छुरा प्रहार गरेर हत्या

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३०, शनिबार १०:४६
NIMB
Nabil Bank

लण्डन । बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ । साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो ।

एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

सांसदको हत्याको आशंकामा २५ वर्षिय एक व्यक्ति पक्राउ परेका छन् । आक्रमणकारीले सांसद डेभिडमाथि पटक पटक छुरा प्रहार गरेको पोस्टमाटममा
देखिएको छ ।

६९ वर्षिय सांसद डेबिडका ५ जना छोराछोरी रहेका छन् । अमिस सन् १९८३ देखि सांसद थिए । उनी साउद इन्ड वेष्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्