Shikhar Insurance

मनकामना केबुलकार नियमित सञ्चालनमा

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३०, शनिबार १८:२२
NIMB
Nabil Bank

चितवन । मनकामना केबुलकार शनिबारदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार शनिबारदेखि नियमित सञ्चालनमा आएको हो ।

विगतकम वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयदशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताए । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द भएपछि २०७८ भदौ २३ गतेदेखि खुलेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

गत भदौ २३ देखि असोज २७ गतेसम्म ५५ हजार मानिसले केबुलकारबाट सेवा लिएको नायब महाप्रबन्धक शेरचनले बताए।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्