Shikhar Insurance

निक्षेपको खोसातानीः पालना भएन भद्र सहमति, यी बैंकको ब्याजदर १० प्रतिशत माथि, कसको कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १, सोमबार ०९:००
NIMB
Nabil Bank

काठमाडौं । निक्षेपको खोसातानी कात्तिक महिनामा पनि कायम हुने भएको छ । तरलता सहज स्थितिमा आउने अनुमान सहित वाणिज्य बैंकहरुका सीईओहरुले ब्याजदर १० प्रतिशत नाघ्न नदिने अनौपचारिक सहमति गरेको भएपनि बैंकर्स संघकै पदाधिकारी बैंकले यसको अवज्ञा गरेका छन् ।

कात्तिक १ गते सोमबार बिहान बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अघिल्लो दिन सानिमा बैंक र सनराइज बैंकले घटाएको ब्याजदर प्रकाशन गरेका थिए । आज भने हिमालयन, नेपाल बंगलादेश, सिद्धार्थ, एनआईसी एशिया, लक्ष्मी, एनसीसी, प्राइम कमर्सियल बैंक आदिले नेपाल बैंकर्स संघ (एनबीए)ले गरेको भद्र सहमती तोडेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एनबीएको हिजो बसेको पदाधिकारी वैठकमा आफूहरु १० प्रतिशतको सीमा पालना गर्ने र हिजो दिनमा १० प्रतिशत भन्दा बढी ब्याज दिनेलाई पनि फिर्ता गराउने छलफल भएको थियो । भोलिपल्टै एनबीएकै निवर्तमान अध्यक्ष, सल्लाहकार लगायतले आफ्नो बैंकले निक्षेपमा दिने ब्याजदर घोषणा गर्दा सहमति पालना गरेनन् ।

यससँगै निक्षेप लोभ्याउने अस्वस्थ खेल कात्तिकमा पनि जारी हुने भएको छ ।

प्रकाशित ब्याजदरअनुसार व्यक्तिगत मुद्दतीमा नबिल बैंकले ९ प्रतिशतसम्म, ग्लोबल आईएमई बैंकले ९ प्रतिशतसम्म, बीओकेले ९.५७ प्रतिशतसम्म, सिभिल बैंकले १०.११ प्रतिशतसम्म, सेञ्चुरी कमर्सियल बैंकले ९.७५ प्रतिशतसम्म, सिटिजन्स बैंकले ९.२६ प्रतिशतसम्म, एभरेष्ट बैंकले ८ प्रतिशतसम्म, हिमालयनले १०.२५ प्रतिशतसम्म, कुमारीले ९.८१ प्रतिशतसम्म, माछापुच्छ्रेले ९.८५ प्रतिशतसम्म, मेगाले ८.७७ प्रतिशतसम्म, नेपाल बंगलादेशले १०.२८ प्रतिशतसम्म, एनएमबिले ९.५८ प्रतिशतसम्म, नेपाल एसबीआईले ८.५६ प्रतिशतसम्म, सिद्धार्थले १०.३ प्रतिशतसम्म, लक्ष्मी बैंकले ११.०५ प्रतिशतसम्म, एनसीसीले १० प्रतिशतसम्म ब्याज दिने भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्