Shikhar Insurance

ब्याजदर प्रतिस्पर्धामा फाइनान्स र विकास बैंकलाई पछि पार्दै वाणिज्य बैंक !

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १, सोमबार १८:२५
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा ब्याजदरमा चर्को प्रतिस्पर्धा चलेको छ । तुलनात्मक रुपमा वाणिज्य बैंकहरुमा विकास बैंक र फाइनान्स कम्पनीमा भन्दा निक्षेपको होस् वा कर्जाको, ब्याजदर सस्तो हुन्छ ।

तर, ब्याजदर प्रतिस्पर्धामा वाणिज्य बैंकहरुले अहिले फाइनान्स कम्पनी र विकास बैंकहरुलाई नै पछि पारेका छन् । अहिले विकास बैंकहरुले मुद्दती निक्षेपमा ६.२५ प्रतिशतदेखि १०.७५ प्रतिशतसम्म ब्याज दिइरहेका छन् भने फाइनान्स कम्पनीहरुले ७.५० प्रतिशतदेखि ११ प्रतिशतसम्म दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, वाणिज्य बैंकहरुले ११.१० प्रतिशतसम्म निक्षेपमा ब्याज दिने घोषणा गरेका छन् । यी बैंकले गत असार मसान्तसम्म कर्जाको माग प्रयाप्त नहुँदा संस्थागत निक्षेपमा न्यून्य ब्याजदर दिँदै स्रोत संकलनमा सुस्ताएका वाणिज्य बैंकहरु अहिले फाइनान्स कम्पनीहरुको निक्षेप समेत खोस्न तप्तर भएका छन् ।

राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्दै व्यवसाय विस्तार गर्न स्रोत अभाव हुन थालेपछि वाणिज्य बैंकहरुमा ब्याजदरमा चर्को प्रतिस्पर्धा चलेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् केन्द्रीय बैंकले पुँजी–कर्जा–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरिसकेको छ । सोसँगै बैंकहरुलाई तोकिएको सीडी रेसियो कायम गर्दै व्यवसाय गर्नु बाध्यता छ भने प्रणालीमा लगानी योग्य रकम (तरलता) संकुचन हुँदा बैंकहरुले आपसमा निक्षेप खोसाखोस गर्न ब्याजदर बढाउने बाटो रोजेका हुन् ।

हाल बैंकिङ प्रणालीमा ४४ अर्ब रुपैयाँ तरलता मौज्दात छ । गत साउन पहिलो सातासम्म प्रणालीमा १ खर्ब २५ अर्ब रुपैयाँ अधिक तरलता थियो ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्त कम्पनीले एक/एक महिनामा निक्षेपको ब्याजदर समायोजन गर्न पाउँछन् । यस्तै, हरेक त्रैमासमा बेसरेट परिवर्तन गरी कर्जाको ब्याजदर थपघट गर्न सक्छन् ।

तर, पछिल्लो महिना लागू हुने कर्जा तथा निक्षेपको ब्याजदर अघिल्लो महिनाको मसान्तमै बैंकहरुले सार्वजनिक गर्नुपर्छ । सोहीअनुसार कात्तिक महिनामा लागू हुने निक्षेपको ब्याजदर सबै वाणिज्य बैंकहरुले सार्वजनिक गरिसेका छन् ।

यसअघि समेत असोज महिनामा लागू हुने ब्याजदर अधिकांश वाणिज्य बैंकहरुले बढाएर नै सार्वजनिक गरिसकेका थिए । कात्तिक महिनामा समेत १९ बैंकहरुले अघिल्लो पटक लागू ब्याजदरमा ०.०१ प्रतिशतदेखि २.५० प्रतिशत थप गरेका छन् । असोज महिनामा सार्वजनिक निक्षेपको ब्याजदरमा ३ वटा बैंकले भने १.०७ प्रतिशतसम्मले घटाएका छन् भने ५ वटा वाणिज्य बैंकले असोज महिनामै लागू निक्षेपको ब्याजदर यथावत राखेका छन् । असोज महिनामा लागू निक्षेपको ब्याजदरमा कात्तिकमै बैंकहरुले संस्थागत मुद्दतीमा बढाएका हुन् ।

एक महिनाबीच मै ब्याजदर बढाउनेमा सबै बढी एनआइसी एशिया बैंकले र सबैभन्दा थोरै प्राइम बैंकले बढाएको छ । एनआइसी एशिया बैंकले असोज महिनामा कायम मुद्दतीको ब्याजदरमा २.५० प्रतिशत थप गरी कात्तिकमा ११.१० प्रतिशत पु¥याएको छ भने प्राइम बैंकले ०.०१ प्रतिशत थप गरी ९.७६ प्रतिशत पुर्‍याएको हो ।

यसैगरी, असोज महिनामा कायम ब्याजदरमा कात्तिकमा मेगा बैंकले ०.२८ प्रतिशतले घटाएर ९.२७ प्रतिशत, सानिमा बैंकले १ प्रतिशतले घटाएर ८.५१ प्रतिशत र सनराइज बैंकले १.०७ प्रतिशतले घटाएर ९ प्रतिशत कायम गरेको छ ।

असोज महिनामै कायम ब्याजदरलाई ग्लोबल आईएमई बैंक, नबिल बैंक, प्रभु बैंक, नेपाल बैंैक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले कात्तिक महिनामा यथावत राखेका छन् ।

 

कुन बैंकको ब्याजदर कतिले बढ्यो ?

GBIME

प्रतिक्रिया दिनुहोस्