Shikhar Insurance

३ महिनामै वाणिज्य बैंकहरुले बढाए २ सय ७७ अर्ब रूपैयाँ कर्जा, निक्षेपभन्दा ४ गुणा बढी पैसा कहाँ गयो ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २, मंगलवार २०:४७
NIMB
Nabil Bank

काठमाडौं । ३ महिनामा वाणिज्य बैंकहरुले निक्षेपभन्दा ४ गुणा बढी कर्जा विस्तार गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७७/७८ को पहिलो ३ महिना (साउन–असोज) मा २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको कर्जा बढाएका हुन् । यही अवधिमा उनीहरुले निक्षेप भने ६७ अर्ब रुपैयाँले मात्र बढाएको नेपाल बैंकर्स संघको तथ्यांक छ ।

३ महिनामा वाणिज्य बैंकको कर्जा (निजी क्षेत्रतर्फ लगानी) विस्तार ७.५ प्रतिशतले भएको हो । अघिल्लो आर्थिक वर्षभर बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार २७ प्रतिशतले भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

असार मसान्तसम्म वाणिज्य बैंकहरुमा ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप रहेकामा असोज मसान्तमा बढेर ४२ खर्ब ६८ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । जबकि ३७ खर्ब २० अर्ब ७५ करोडमात्र रहेको कर्जा बढेर ३९ खर्ब ९८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

असोज महिनाको मात्र तथ्यांक हेर्दा निक्षेप ९७ अर्ब ४३ करोड रुपैयाँले बढेको देखिन्छ ।

असोजमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर सामान्य बढाएका थिए । जसमध्ये सबैभन्दा बढी ब्याजदर दिने घोषणा गरेको सनराइज बैंकले आफूसँग भएको निक्षेप १९ अर्ब रुपैयाँले बढाएको छ ।

यसबारे संघका अध्यक्ष भुवन दाहालबारे प्रश्न गर्दा सबै क्षेत्रमा कर्जाको माग बढेकाले कर्जाको विस्तार उल्लेखनीय रहेको जवाफ दिए । उनले भने, “ऊर्जा, उद्योग, व्यापार, कृषिलगायत सबै क्षेत्रमा कर्जाको माग छ र मा भएअनुसार कर्जा दिएका छौं । यद्यपी यस्तो व्यापाक वृद्धिदर इतिहासमा विरलै हुन्छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्