Shikhar Insurance

राष्ट्र बैंकको कैंचीपछि बैंकरको भद्र सहमतिः ब्याजदर आजैदेखि अधिकतम १० प्रतिशत

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार १७:२१
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुले अधिकतम १० प्रतिशत मात्र ब्याजदर निर्धारण गर्ने भद्र सहमति गरेका छन् । बुधबार वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपमा अधिकतम १० प्रतिशत मात्र ब्याज दिने भद्र सहमति गरेका हुन् ।

निक्षेपको ब्याजदरमा उच्च उतारउढाव सहित बैंकहरुले अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले मंगलबार घटाउन निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार नै वाणिज्य बैंकहरुले अधिकतम १० प्रतिशत ब्याजदर दिन सहमत भएको संघका उपाध्यक्ष अनिल उपाध्ययले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि असोज ३१ गतेमात्रै संघका पदाधिकारीहरुको छलफलमार्फत् १० प्रतिशत ब्याजदर कटाउन नहुने निष्कर्श निकाल्दै अरु वाणिज्य बैंकलाई पनि यस्तै सुझाव दिने बताइएको थियो । तर, संघको सुझावलाई नकार्दै मनोमानी ढंगले दर्जन वाणिज्य बैंकले निक्षेपको ब्याजदर १० प्रतिशत माथि तोकेका थिए । १३ वटा बैंकले अघिल्लो महिनामा कायम ब्याजदरमा १० प्रतिशतभन्दा बढी करिब एक–तिहाइ (३० प्रतिशत) सम्मले वृद्धि गरेका थिए ।

राष्ट्र बैंकले बैंकिङ बजारमा निक्षेपको खोसातानि रोख्न परिपत्र जारी गर्दै अघिल्लो महिनामा सार्वजनिक ब्याजदरमा अधिकतम १० प्रतिशतमात्र थपघट र संस्थागत मुद्दतिको ब्याज व्यक्तिगतको भन्दा १ प्रतिशत बिन्दुले कम हुनु पर्ने निर्देशन दिएको छ । केन्द्रीय बैंकको निर्देशन कार्यान्यवनको पाटो खोज्न बसेको संघको बैठकमा बैंकरहरुले मुद्दती खाताको ब्याजदर एकल बिन्दु भित्र आउने गरी सहमति गरिएको संघका उपाध्यक्ष उपाध्ययले बताए ।

स्ट्याण्डर्ड चार्टर्ड बाहेक सबै वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदै, कसको कतिले घट्ला ? (सूची सहित)

‘राष्ट्र बैंकको सर्कुलरलाई मेन्टेन गरेर एकल बिन्दु भित्र आउने गरी सबैले प्रयास गर्नुपर्छ भन्ने महसुस गर्दै १० प्रतिशत भित्रै बस्दा संस्थागत रुपमा धेरै समस्या गर्दैन भनेर सोहीअनुसार सहमति भएको छ,’ संघका उपाध्यक्ष उपाध्ययले सिंहदरबारसँग भने, ‘केही बैंकहरुलाई तलमाथि पर्नसक्छ तर यो पछिको पाटो हो । तर, अहिले राष्ट्र बैंकको निर्देशन पालना गर्ने कुरामा सबै बैंकहरु गृहकार्यमा लागि रहेका छौँ ।’

राष्ट्र बैंकले दिएको निर्देशनअनुसार र भएको सहमतिमै बैंकहरुले आज साँझसम्म समायोजित नयाँ ब्याजदर सार्वजनिक गर्ने उनको भनाइ छ ।

‘ब्याजदर समायोजन गर्दा धेरै ठुलो असर नगरोस् भनेर अहिलेसम्म १० प्रतिशतभित्र बस्ने वातावरणमा सबै जाउ भन्ने नै आशय हो, त्यही विषयमा मै समझदारी भएको हो,’ उनले थपे, ‘कात्तिकमा ह्वात्तै बढाउनेहरुले घटाउनु नै पर्ने भयो, व्यक्तिगतभन्दा संस्थागत (बोलकबोलसमेत) मा बढी हुने धेरै बैंकले घटाउनु पर्ने देखिन्छ ।’ यसअघि आफ्नो आवश्यकता अनुसार ब्याजदर बढाउने बैंकहरुलाई राष्ट्र बैंकको निर्देशनले साइजमा ल्याएको उनको भनाइ छ ।

२४ घण्टा भित्र ब्याजदर परिमार्जन गर्न राष्ट्र बैंकको निर्देशन, ‘१० प्रतिशत बढीले हेरफेर नगर्नु’

‘१० प्रतिशतभित्र बस्ने समझ्दारी हो तर, व्यक्तिगत १० प्रतिशत छ भने संस्थागत ९ प्रतिशतमा आउँछ, बैंकहरुले आफ्नो क्षमता र सहमतिअनुसार सीमा रहेर ब्याजदर निर्धारण गर्छन्,’ उनले थपे, ‘असोज महिना भित्र बसेको ब्याजदरलाई हेरेर ब्याजदर कात्तिकमा निर्धारण गर्छन् ।’

बैंकहरुले निक्षेपमा तोकिएको ५ प्रतितशतको स्प्रेड, बचतको न्यूनतम २ प्रतिशत लगायत कायम गर्दै निक्षेपको अधिकतम ब्याजदर बैंकहरुले निर्धारण गर्ने सहमति भएको उनले जानकारी दिए ।

यी बैंकले आजै सार्वजनिक गर्दैछन् परिमार्जित ब्याजदर

GBIME

प्रतिक्रिया दिनुहोस्